काभ्रे,
जिल्लाको रोशी गाउँपालिका–७ स्थित कटुन्जेमा नेपाली काङ्ग्रेसको आन्तरिक विशेष अभियान शुभारम्भ समारोह अन्तर्गत बृहत अगुवा नेता कार्यकर्तासहितको गाउँ कार्यसमीतीको बैठक सम्पन्न भएको छ । आज आइतबार नेपाली काङ्ग्रेस रोशी गाउँकार्यसमितिको आयोजनामा सम्पन्न भएको हो । नेपाली काङ्ग्रेस रोशी गाउँकार्यसमितिका सभापति दुधराज तामाङको सभापतित्व तथा महासमिति सदस्य सर्किमान लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि लामाले पार्टीको तितामिठा कुराहरुलाइ पखालि सङ्गठन सधृढ बनाउनको लागि अभियान शुरु गरेको बताउनुभयो । काङ्ग्रेस व्यक्तिको पछाडी हैन बिचारको पछाडि लाग्ने पार्टी भएको उनको भनाइ छ । नेपाली काङ्ग्रेस रोसी खोला जस्तै निरन्तर बग्ने पार्टी भएको उनले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पालिकामा स्रोत कम जनताको अपेक्षा बढी भएको बताउनुभयो । ‘स्थानीय सरकारलाइ धेरै समस्या छ । जनताको नजिकको सरकार भएकाले सबैखाले अपेक्षा पालिकामै गर्ने रैछ’ । उँहाले भन्नुभयो । ‘ञसूधार गर्नुपर्ने कामहरुको सुझाव दिनुहोला जनमुखी काम गर्न अग्रसर हुनेछु । ’
रोशी गाउँपालिकाका प्रवक्ता तथा वडा न १२ का वडाध्यक्ष वसन्त कुमार लामाले जनताको समस्यालाइ अफ्नै समस्या ठानेर कार्य गर्दै आएको बताए । जनतामूखी काम गर्ने उनले प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी वडा न ११ का वडाध्यक्ष लालकुमार पाख्रीङ जनताले दिएको सुझवलाइ आत्मसात गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसको तर्फबाट रोशी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरु, पार्टीका सबै वडाका सभापतिहरु लगायत नेता कार्यकर्ताहरु र विभिन्न सम्पर्क समितिको सभापति लगायतको उपस्थिति रहेको थियो ।