चैत्र २५,
२०७७,काभ्रे/

सामुदायिक मेलमिलाप कर्ताहरुका लागि दुई दिवसिय अन्तरक्रिया तालिम सम्पन्न भएको छ ।

नमोबुद्ध नगरपालिका न्यायिक समितीको आयोजनामा संचालित तालिम हिजो र आज गरी २ दिन चलेको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख टि.पि शर्मा तिमल्सिनाले नमोबुद्ध नामै काफी रहेको बताउँदै शान्तिको प्रतीक भएको बताए । बेथिती अन्त्य नगरी समृद्ध समाज नहुने र यस्को अन्त्य गर्न सबै लागि पर्नुपर्ने बताए । नगरपालिकाको भवन निर्माण सम्पन्न भएपछी एउटा कोठा छुट्टाएर मेलमिलाप कर्ताहरुको केन्द्र बनाईने उनको भनाई छ ।

कार्यक्रमका सभाध्यक्ष नगर उपप्रमुख रामदेवी तमाङले २ दिन सम्म चलेको अन्तरक्रिया मात्रै सकिएको तर मेलमिलाप अभियान निरन्तर चलिरहने बताईन् । अन्तरक्रियामा सिकेका कुरा जिवनमा लागू गर्न सकिएन भने कुनै अर्थ नहुने उनले बताईन् ।

समापन कार्यक्रममा न्यायिक समिती सदस्य एवं वडा नं ४ का अध्यक्ष उद्धब काफ्ले, कार्यक्रम प्रशिक्षक अभियानकर्ता कविता पाण्डे सहभागि समापन कार्यक्रमको नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले संचालन गरेका थिए । २ दिन चलेको तालिममा नगरपालिकाको २ देखि ७ नं वडाका २५ जना सहभागि थिए । तालिममा अभियानकर्ता कविता पाण्डे र राजिन रायमाझीले प्रशिक्षण दिएका थिए ।

Facebook Comments Box