चैत्र २६,
२०७७,काभ्रे/

चिनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धका खोप हिजोबाट लगाउन थालिएको छ । चिनले उपलब्ध गराएको ८ लाख डोज खोप प्राथमिकताका आधारमा देशका विभिन्न स्थानबाट लगाउन थालिएको छ । यसैबिच काभ्रेमा आज १ सय १ जनाले चिनियाँ खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्र कुमार झाका अनुसार तेस्रो चरणको खोप अभियानमा आज ९ जना चीनमा अध्ययन गर्ने÷पढ्न जाने विद्यार्थी, ४ जना हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी वा सहयोगी, ३८ जना शिक्षक÷प्राध्यापक, ५० जना यस अघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरु, होटल, ट्रेकिङ, बिज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारीलाई कोरोना विरुद्धको खोप लगाइएको हो ।

यसैबिच काभ्रेमा आज थप १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकाकी एक जना महिला हुन् । योसँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ३४ सय ४ पुगेको कार्यालयको जनाएको छ । त्यसैगरी जिल्लामा आज ३ जना संक्रमितको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयले जनएको छ ।

Facebook Comments Box