चैत्र २७,
२०७७,काभ्रे/

बनेपा नगरपालिका वडा नं १ मा पुण्यभुमि कृषि सहकारी संस्था लिमिटेडले किसानलाई कृषि सामग्री वितरण गरेको छ ।

आज (शुक्रबार) पुर्व संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा किसानलाई विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको हो ।

कृषि सामग्रीमा ट्याक्टर ४० वटा, स्पेयर पम्प ९७ वटा, प्लास्टिक पानी ट्यांकी ३२ वटा, प्लास्टिक टनेल ३० वटा, पानी तान्ने पम्प १२ वटा, र सिंचाई पाईप ६५ क्वायल रहेको सहकारीले जनाएको छ ।

Facebook Comments Box