चैत्र २७,
२०७७,काभ्रे/

जिल्लामा आज ४ जनामो कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका अनुसार नयाँ थपिनेमा धुलिखेल नगरपालिकाका ३ जना पनौती नगरपालिकाका १ जना छन् ।

यो संगै जिल्लामा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ४ सय ८ पुगेको छ । जिल्लामा अब २४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित छन् । ति मध्ये १८ जना होम आइसोलेसनमा छन् भने ६ जना अस्पताल आइसोलेसनमा छन् ।

भाईरसको संक्रमण पछि जिल्लामा निको हुनेको दर ९७.९७ प्रतिशत रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

Facebook Comments Box