काभ्रे,
बेथानचोक गाउँपालिकामा घरपालुवा तथा छाडा कुकुरहरुको बन्ध्याकरण गरिने भएको छ ।
गाउँपालिका कार्यालय तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको आयोजना र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धुलिखेलको समन्वयमा कार्यक्रम हुन लागेको हो ।
माघ २१ र २२ गते ढुंखर्क स्वास्थ्यचौकी सँगै रहेको पशुसेवा शाखाको कार्यालयमा बिहान १०ः०० बजेदेखि ३ः०० बजेसम्म बन्ध्याकरण कार्यक्रम सञ्चालन हुने बताईएको छ । कार्यक्रममा सरोकारवाला सबैको घर तथा टोलमा रहेका कुकुरहरुलाई कार्यक्रम संचालन हुने स्थानसम्म लगी बन्ध्याकरण गराउनु हुन वडाको आग्रह छ ।