चैत्र २८,
२०७७,काभ्रे/

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं २ मा रहेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती भएको छ । स्वास्थ्य चौकीको नयाँ भवनमा स्थापना गरिएको अस्पतालको शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र उपाध्यक्ष सरिता लामिछानेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

पालिका स्तरीय उक्त अस्पताल नेपाल सरकार तथा स्थानीय सरकारको लक्ष्य अनुरुप स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारिले बताए । अस्पताललाई आवश्यक प्राबिधिक जनशक्ति र उपकरण ब्यवस्थापन गरिसकेको साथै थप सुविधाजनक स्वास्थसेवा प्रवाहका लागि आगामी बर्षमा ब्यवस्था गरिने उनले बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बेथानचोकका जनताले अब कोरोना र अति आवश्यक इमर्जेन्सी स्वास्थ सेवा आफ्नै गाउँपालिकाको अस्पतालबाट लिन पाउने बिश्वास व्यक्त गरेका छन् । हाल अस्पतालको नयाँ भवन बन्न टेन्डर प्रक्रियामा छ । भवन बनुञ्जेल स्वास्थ्य चौकीको भवनमा अस्थायी अस्पताल स्थापना गरि ५ बेड संचालनमा ल्याईएको सुचना अधिकारी एवं इञ्जिनियर ज्ञान तिमल्सिनाले जानकारी दिए । अस्पताल स्थापना संगै स्थानीयमा खुशी छाएको छ । शुक्रबार सम्पन्न उद्घाटन कार्यक्रममा स्वास्थ चौकी इन्चार्ज दुर्गा पोखरेलले संचालन गरेका थिए ।

Facebook Comments Box