बैशाख ७,
२०७७,काभ्रे/

जिल्लामा आज (मंगलबार) थप ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ल स्वास्थ्य कार्यलय काभ्रेका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा धुलिखेल नगरपालिकाका धेरै छन् ।

आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकाका ४ जना, बनेपामा १ जना र मण्डनदेउपुर नगरपालिकाका १ जना गरि ६ जना रहेका छन् । काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ३७ पुगेको कार्यालयको जनाएको छ । यस्तै आज उपचार पछी निको भइ १ जना डिस्चार्ज भएका छन् । यो सँगै जिल्लामा अब सक्रिय कोरोना संक्रमितको संख्या ३७ रहेको छ ।

यसैबिच, जिल्लामा आज (मंगलबार) ९ सय ९० जनाले कोरोना भाईरस विरुद्धको दोश्रो डोज खोप लगाएका छन् । गत माघ १४ गते देखि फागुन १० गतेसम्म पहिलो डोज लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, कारागारका कैदीबन्दी, बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई दोस्रो डोजको खोप लगाउन सुरु गरिएको हो ।

आज धुलिखेल अस्पतालमा सबै भन्दा धेरै ८ सय जनाले दोस्रो डोजको खोप लागेका छन् । यसैगरि समाज कल्याण प्रा.वि, पाँचखालमा ११० जना तथा मेथिनकोट अस्पतालमा ७० जनाले खोप लगाएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिए । यस अभियान वैशाख ११ गतेसम्म जारी रहने उनले जानकारी दिए ।

Facebook Comments Box