बैशाख १०,
२०७८,काभ्रे/

बेथानचोक गाउँपालिकामा १ देखि ६ नम्बर वडाका किशोरीहरु केन्द्रित लैङगिक तथा प्रजनन स्वास्थ्य सम्बन्धि वडास्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेथानचोक गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना र वडा कार्यालयहरुको संयोजनमा संचालन गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा ६ वडाका माध्यमिक विद्यालयहरुका किशोरी विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा किशोरीहरुको किशोरावस्थामा आइपर्ने लैङ्िगक तथा प्रजनन स्वास्थ सम्बन्धि समस्या र समाधानका विषयहरुमा छलफल तथा अन्तरक्रिया गराइएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने तामाङले किशोरी अवस्थामा आइपर्ने, भोग्नुपर्ने लैङ्िगक तथा प्रजनन स्वास्थका विषयहरु प्रष्ट पारेकी थिईन् । उनले किशोरीहरुलाई कतै बिचलित नभई आफू महिला भएकै कारण पछि पर्न नहुने र समाज परिवर्तनमा आफ्नो क्षमता देखाउनु पर्ने कुरामा जोड दिईन् । भोलिको समुन्नत समाज निर्माणमा महिलाहरुको भुमिका अपरिहार्य भएकाले ठोस योजना बनाउन आफू लागेको उनको भनाई थियो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकि सुजता आचार्यले किशोरीहरुले आफ्नो लैङ्गिक तथा प्रजनन स्वास्थमा आइपर्ने समस्या सहजै समाधान गर्न सक्षमता प्रदर्शन गरेको बताईन् । अनेकौं समस्याका बीच आफुलाइ अब्बल साबित गर्दै रचनात्मक बनेको भन्दै उनले विद्यार्थी किशोरीहरु र सहयोगि अभिभावकत्व भुमिका निर्वाह गर्ने विद्यालय प्रशासन साथै हरपल स्थानीय सरकारको प्रत्याभूत गराउन अग्रसर वडा कार्यालय तथा जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

Facebook Comments Box