बैशाख १२,
२०७८,काभ्रे/

चौरीदेउराली गाउँपालिकाको एक फर्मको १८ वटा बाख्रामा पिपिआर रोगको संक्रमण पुष्टि भएको । चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ का बिष्णराज गिरीको चौरीदेउराली एकिकृत नमूना कृषि फर्ममा पालिएको १८ वटा बाख्राहरुमा पिपिआर संक्रमण पुष्टि भएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमूख डा. मोगल प्रसाद शाहले जानकारी दिए ।

उनका अनुसा गिरीको फर्ममा संक्रमण देखा परि लगातार ६ वटा बाख्राहरु मरेपछि बाँकी बिरामी रहेका माहु बाख्राहरुको र्याल र मरेका बाख्राहरुको सल्यक्र्रिया लगायत लक्षणहरुको ल्याबबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । शाहले बिरामी बाख्राहरुका लागि छुट्टै उपचार प्रणाली अपनाउन किसान र त्यहाँ कार्यरत प्राविधिकलाई निर्देशन दिएको बताए । मानव संसाधनमा पनि आफूहरु फिल्डमै गएर त्यहाँ कार्यरत प्राविधिकहरुमो समन्वयमा सो कुरा पत्ता लाग्न सफल भएको उनले बताए ।

पिपिआर नियन्त्रणका लागि प्रत्येक १ बर्षमा नियमित खोप लगाउने, नयाँ बाख्रा किन्दा खोप लगाएको मात्र किन्ने, गर्न समेत किसानहरुलाई आग्रह गरेका छन् । शाहले भने यस रोगको उपचार नलाग्न सक्छ । लक्षणको आाधारमा उपचार गर्ने ,कागतीको रस खान दिने, नरम घास र मन तातो ,पानी खान दिने, खुल्ला हावामा राख्ने लगायतका क्रियाकलाप गर्न समेत सुझाएका छन् । बिरामी भएका बाख्राहरुको पनि स्वास्थ्य अवस्था सुधारात्मक रहेको उनले बताए । फर्म सञ्चालक गिरीले सिरोही जातको बाख्रा कञ्चनपुर र केही बाख्रा पाँचखालबाट ल्याएका थिए ।

डा. शाहका अनुसार पिपिआर रोग विषाणुबाट लाग्छ, यो एकदमै छिटो छिटो सर्ने संक्रामक रोग हो । यसलाई बाख्राको हैजा भनेर चिनिन सकिन्छ भने यस रोगको प्रमूख लक्षणहरुमा बाख्राहरुमा अत्यधिक ज्वरो आउने, मुख थुतुनो सुन्नीने, आँखा राता राता देखिने, खाना नखाने,नाकबाट सिगान बगाउने, गिजा मुखमा घाउ हुने, निमानिया हुने, रगत मिसिएको गनाउने छेर्ने, तापक्रम घट्दै गएर मृत्यु हुने हुन्छ । रोग सर्ने माध्यमहरुमा रोगी पशुसंगको निरोगी बाख्रा लसपस भएमा, रोगीले खाएको दाना पानी खाएमा, रोगीले प्रयोग गरेको गोठ, खोर, चरन आदी प्रयोग गरेमा पनि यो रोग सर्न सक्ने बताए ।

Facebook Comments Box