बैशाख १२,
२०७८,काभ्रे/

जिल्लामा आज (आइतबार) थप २२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका परिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै धुलिखेल नगरपालिकाका रहेका छन् । उनका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकामा ११ जना, पाँचखाल नगरपालिकामा ५ जना, बनेपामा २, नमोबुद्ध नगरपालिकामा २, पनौतीमा १ र रोशी गाउँपालिकामा १ जना गरी जम्मा २२ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो ।

योसँगै काभ्रेमा ५४ जना महिला र ४७ जना पुरुष गरि सक्रिय कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३५ सय १२ जना पुगेको छ ।

यसैबिच काभ्रेमा आज पहिलो प्राथमिकताको दोश्रो मात्र खोप लगाउनेको संख्या २०० जना रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज धुलिखेल अस्पतालमा २०० जनाले खोप लगाएका हुन् ।

Facebook Comments Box