बैशाख १९,
२०७८,काभ्रे/

जिल्लामा शनिबार पछिल्ला दिनको तुलनामा सर्बाधिक ९७ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार संक्रमण पुष्टि हुनेमा सबै भन्दा धेरै बनेपा र पनौती नगरपालिकाका रहेका छन् । आज थपिएका ९७ जना मध्ये बनेपाका ३० जना, पनौती नगरपालिकामा २७ जना र धुलिखेल नगरपालिकामा १९ जना रहेका छन् ।

यस्तै पाँचखालमा नगरपालिकामा ८ जना, नमोबुद्ध नगरपालिकामा ६, मण्डनदेउपुर नगरपालिकामा १ जना रहेका छन् । भुम्लु, बेथानचोक, चौरिदेउराली, महाभारत, तेमाल र रोशी गाउँपालिकामा समान १/१ जनामा संक्रमण पुष्टि भएको डा. झाले जानकारी दिए । यो सँगै काभ्रेमा कुल कोरोना संक्रमित संख्या ३८ सय ३२ पुगेको छ । काभ्रेमा १८८ जना महिला र २१९ जना पुरुष गरी ४ सय ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमा १४ जना अस्पताल आईसोलेसनमा छन् भने ३ सय ९३ जना होम आईसोलेसनामा छन् । आज एक जना कोरोना मुक्त भई स्वस्थ भएको कार्यलयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे चौरिदेउराली गाउँपालिकाका ७० वर्षीय पुरुष हुन् भने अर्का सिन्धुपाल्चोक चौताराका ३७ वर्षीय पुरुष रहेका छन् । उनीहरु दुबैको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यो सँगै काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ । जसमा काभ्रे जिल्लाका ४८ जना छन् भने अन्य जिल्लाका १९ रहेका छन् ।

Facebook Comments Box