काभ्रे,
सरकारले आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदैछ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाइने भएको हो । त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका झन्डै १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको छ । त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटासमेत दिइनेछ ।
हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ । भिटामिन ‘ए’ र जुकाको औषधि आफ्नो नजिकैको स्वास्थ्य चौकीमा गएर खुवाउन सकिने छ ।