बैशाख २३,
२०७८,काभ्रे/

जिल्लामा आज एकैदिन १६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । भने २२ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार नयाँ थपिएका संक्रमितमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ६४ जना छन् । त्यस्तै पनौती नगरपालिकाका ४३ जना, धुलिखेल नगरपालिकाका ३२ जना, पाँचखाल नगरपालिकाका ७ जना, संक्रमित थपिएका छन् ।

यस्तै मण्डनदेउपुर नगरपालिकाका ६ जना, नमोबुद्ध नगरपालिकाका ५ जना, रोशी गाउँपालिकाका ६ जना, चौरीदेराली गाउँपालिकाका २ जना छन् ।

योसँगै काभ्रे जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय १० पुगेको छ । होम आईसोलेसनमा ८७८ र अस्पतालको आईसोलेसनमा ३२ जना संक्रमित रहेका छन् ।

Facebook Comments Box