यशकुमार परियार÷रेडियो रोशी,काभ्रे
जिल्लाको महाभारत गा.पा वडा नं ८ घर्तीछापका आगलागी पिडितलाई नेपाली कांगे्रस काभ्रे क्षेत्र नं.१ ले आर्थिक संकलन गरि सहयोग गरेको छ । भाद्र १९ गते बिहान कुल बहादुर दर्लामी र भेष बहादुर दर्लामीको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा जलेर नस्ट भएको थियो । आगलागीका कारण करिब ६ लाख बराबरको धनमाल क्षती भएको छ । नेपाली कांग्रेस क्षेत्र नं.१ ले रु २८ हजार ९ सय रुपैँया पीडितलाई उपलब्ध गराएको हो । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान चलिरहँदा उक्त वडामा पार्टी प्रतिनिधि निर्मल पाण्डेले पिडितको राहतका लागी सहयोग अभियान चलाएका थिए । सोही अभियानको क्रममा कांग्रेसको कार्यकर्ताहरुबाट आर्थिक संकलन गरि जम्मा भएको रकम संविधान दिवसको अवसरमा केन्द्रिय प्रतिनिधि बिनोद गुरुङले एक कार्यक्रमका बिच हस्तान्तरण गरेको थियो । सोही कार्यक्रमको अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिब प्रसाद हुमागाँईले पिडितहरुका लागी ३ बण्डेल जस्ता सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । आगामी दिनमा नेपाली कांग्रेसले निरन्तर सहयोग गर्दै जाने नेवि संघका नेता तथा दोश्रो जागरण अभियानमा माहाभारत गाँउपालीका वडा नं ८ का प्रतिनिधी निर्मल पाण्डेयले जानकारी दिनुभयो ।

Facebook Comments Box