रोशी सहकर्मी–जेठ ११,
२०७७,काभ्रे/

धुलिखेल अस्पतालमा आजबाट दैनिक स्वाब परीक्षण हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले दैनिक पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिने भएको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले १० जेठबाट दैनिक स्वाब संकलन तथा परीक्षण गर्ने निर्णय गरेको भए पनि आज (आईतबार) बाट मात्रै परिक्षण हुने धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिए । यसअघि धुलिखेल अस्पतालले हप्ताको आइतबार र बुधबार मात्र स्वाब संकलन गर्ने गरेको थियो ।

बैठकले धुलिखेल अस्पतालमा रहेको आइसोलेसन बेडको क्षमता बढाएर ५० पु¥याउने पनि निर्णय गरेको छ । कोरोना परीक्षण ल्याब रहेकाले आइसोलेसन बेडको क्षमता बढाउनुपरेको प्रजिअ तिमिल्सिनाले बताए । हाल धुलिखेल अस्पतालमा आठ बेडको आइसोलेसन कक्ष रहेको छ । त्यस्तै, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच बेडको आइसोलेसन कक्ष रहेको छ ।

Facebook Comments Box