बैशाख २७,
२०७८,काभ्रे/

जिल्लाको धुलिखेल नगरपालिकाले ५० बेड क्षमताको आईसोलेसन सञ्चालनमा ल्याएको छ ।

सञ्जीवनी माध्यामिक विद्यालयमा सञ्चालन गरिएको आईसोलेसनको आज जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) काभ्रेको टोलीले अनुगमन गरेको छ । धुलिखेल नगरपालिकामा कोरोना भाइरसको दोस्रो लहलहरबाट संक्रमित हुने दर उच्च छ ।

नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले तत्काललाई ५० बेड क्षमताको आईसोलेसन सञ्चालन गरिएको र आवश्यकता अनुसार थप ५० बेड पछि थप्ने बताए । आईसोलेसनमा अक्सिजन साथै डाक्टर र नर्स सहितको चिकित्सक सुविधा उपलब्ध गराइनेछ ।

Facebook Comments Box