यश कुमार परियार–बैशाख २८,
२०७८,काभ्रे/

जिल्लामा आज (मंगलबार) सर्वाधिक १ सय ९२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशसक डा. नरेन्द्र कुमार झाका अनुसार आज जिल्लाका १२ जना निको भई संक्रमण मुक्त भएका छन् भने ४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

आज पछिल्ला दिनको तुलनामा धेरै जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा बनेपाका मात्रै ९२ जना रहेको डा. झाले जानकारी दिए । यस्तै धुलिखेल नगरपालिकामा ३३ जना, पनौती नगरपालिकामा २३ जना, पाँचखाल नगरपालिकामा ९ जना, मण्डनदेउपुर नगरपालिकामा २ जना, नमोबुद्ध नगरपालिकामा १० जना रहेका छन् । यस्तै रोशी गाउँपालिकमा २ जना, चौँरीदेउराली गाउँपालिकामा ३ जना, बेथानचोक गाउँपालिकामा ५ जना र भुम्लु गाउँपालिकामा १३ जना गरी कुल १ सय ९२ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६२ पुगेको छ । जसमध्ये हाल १ हजार ३ सय ९८ जना सक्रिय कोरोना संक्रमित छन् ।

यस्तै काभ्रेमा आज ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । बेनपा स्थित शिर मेमोरियल अस्पतालमा बनेपाकि ६३ र ५६ वर्षिय महिला रहेका छन् भने धुलिखेल अस्पतालमा पाँचखालकि ३३ र भक्तपुकि ५६ वर्षिय महिलाको मृत्यु भएको डा. झाले जानकारी दिएका छन् । यो सँगै काभ्रेमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ पुगेको छ । जसमा जिल्ला बाहिरका २९ जना छन् ।

Facebook Comments Box