बैशाख २८,
२०७८,काभ्रे/

कोरोना भाईरसको संक्रमित बढ्दै गएपछि काभ्रेको चौंरीदेउराली गाउँपालिकालेले अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ ।

गाउँपालिकामा मंगलबार थप ३ जनामा कोरोना भाईरसका संक्रमित पुष्टि भएको छ ।
आज बसेको कार्यपालिका, सुरक्षा निकाय र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको संयुक्त बैठकले गाउँपालिका क्षेत्र भित्रका सबै वडाहरूमा सङ्क्रमितहरू भेटिएकोले सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको पालिकाले जनाएको छ ।

बैठकको निर्णय अनुसार गाउँपालिका क्षेत्र भित्र खाद्यान्न पसल अपराह्न ४ बजे देखि ६ बजेसम्म भौतीक दुरी कायम गरी, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई खोल्न पाईने छ । गाउँपालिका क्षेत्रभित्रका औषधि र भेटेरिनरी बाहेक सबै पसल, होटलहरु तथा बजार पूर्ण रूपमा बन्द गरिने भएको छ ।

गाउँपालिकामा हाल १३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Facebook Comments Box