असोज २३,
२०७७,काभ्रे/

२०७७ साल असोज १५ गतेका दिन कार्यालय मा भिड भाड थियो । एउटा टेन्डर का लागि १०४ निर्माण ब्यबसायी का फर्म हरु बिक्री भएका थिए। बिहान एउटा महत्वपूर्ण फिल्ड भिजिट को काम पनि भएकोले बिहान ७ बजे नै कार्यालय पुगे। कार्यालय जानू पुर्व करिब ३ किमि मर्निङ वाक गरेर आइ नुहाएर निस्केको थिए। फिल्ड भिजिट को क्रममा ५ ७ वटा अम्बा खाली पेटमा खाएको थिए ।

त्यस क्रममा तातो घाममा करिब २ किमि हिडिएको थिए।बिहान को खानामा दहि (प्राय अरु दिन खान रुचाउदिन) खाएको थिएँ । केही अमिलो थियो । खाना खाएपछी टेन्डर को लागि प्रहरी ब्यबस्थापन कर्मचारी ब्याबस्थाप्न को क्रममा धपेडी भएको थियो।त्यही बेला दर्ता भै सकेको टेन्डर लुट्न आएको जत्थाको कारण मुटु ढुक्क फुलेको आभास भएको थियो । १२ बजे सम्म मा ५० वटा बिड दर्ता भएका सबैमा आफैले तोक लगएको।१० जति उपभोक्ता समिती सग सम्झौता गरेको र १ बजे कार्यक्क्षमा नै ५० वटै टेन्डर आफैले खोलेको (सबैमा कैँची आफै लगाएको थिएँ) निर्माण ब्यबसायिका प्रतिनिधि हरु धेरै हुनुभएको ले जिस्कदै टाढा बस्न भनेको थिय । उनिहरु रिसाउलान भनेर म सन्क्तमित्त हुन सक्छु यहाहरु लाई सर्छ समेत भनेको थिए।मुचुल्का गर्ने क्रममा तातो तातो बह्श करिब ४ बजे त्यो काम सम्पन्न गरिएको थियो ।

त्यो दिन धेरै गर्मी तथा बाक्लो उपस्थितिका कारन असी लगाइएको थियो । अरु दिन खाने नगरेको चिसो कोक एक ग्लास समेत खाए । त्यसपछि काठमाडौ फर्कने क्रमम बाटोमा आइसके पछि घाँटी समातेको र बोल्न कठिनाई भएको आभास भो।अम्बा दहि अनि असी भितको कोक को करामत भन्ने निस्कर्स निस्कियो । एक जना स्टाफ को गोजिमा स्त्रेप्शिल रहेछ दिनु भो त्यो बाटोमा २ वटा खाए घर आएपछी एउटा । घरमा आएपछि आफ्नो घाँटी समातेको भन्दा कोरोना त लागेन भन्ने सन्का गर्दा उपरोक्त खाना लाई नै दोस लगाइ रहेको थिए । १४ गते प्राबिधिक शाखाको ६ जना लाई नै यस्तै लक्षण देखिए पछि स्वाब सन्कलन गरिएको थ्यो जसले गर्दा मेरो मनले १०० प्रतिशत खानालाइ दोस दिन उपयुक्त ठानेन र म असिसोलेट भए । राती घाँटी दुख्ने मात्रा बढ्यो शरीरमा अधिक गर्मी हुने अत्यन्तै थकाइ लाग्ने भै उक्त रात राम्ररि निदाउन सकिएन ।

जिउ थर्थर काप्ने जोरो आएझै लाग्ने टाउको दुखी रहने गर्दा एक मनले आफुलाइ कोरोना लागेको ठानी राथे भने अर्को मनले जुन्सुकै बेला मास्क लगाएको र लक्षण देखिएका प्राबिधिक साथिहरु सग नजिक नभएको ले अम्बालाइ नै दोस दिई राको थियो । यो दुख्ने क्रम शनिबार झन थपियो दिन भर सुते।शनिबार राती निदाउनै सकिन।

तातोपानी बाहेक कुनै ओउसधी खाइन । आइतबार पनि सो छट्पटी जारी रहेपछी मोबाइल अफ गरेर सुतेको थिए । मेरो दुबै सिम अफ भएपछी कार्यालय बाट सबारी चालक भाइ लाई फोन गरि तु अफिस मा कल गर्न भन्ने खबर मेरो शृमती को मोबाइल मार्फत आयो।सम्पर्क नै नगरी अन्दाज गरि सकेको थिए कि सबै लक्षण वाला साथिहरुको पोजिटिभ आयो । मोबाइल खोलेर सम्पर्क गर्व ६ पथाइएको मा ४ पोजिटिभ थियो।यस अघि नै वडामा कार्यरत इन्जिनियर को पोजिटिभ आइसकेको थियो ।

अब आफुलाइ कोभिड लागेको कुरामा धेरै हद सम्म स्विकारी सकेको थिए।यद्यपि उपरोक्त ३ चिज खाएकै दिन किन यस्तो भो भन्ने कुराले तै…. भन्ने लागि रह्यो । सोमबार कन्ट्र्याक ट्रेसिङ गर्न अफिस जाने तय भएको थियो । मेरो शरिरको थरथराहट अनि गाउपालिकामा उपयुुक्त आइसोलेसन नभएकोले घर फर्कनु पर्ने हुदा प्रदेश स्वास्थ्य कार्यालयका डा. नरेन्द्र झा ले बनेपा मा नै स्वाब निकाल्ने बन्दोबस्त गरि दिनु भो । म शुक्रबार देखि आइसोलेट भएर छुट्टै बसेको शृमती छोरो र छोरि एउटा रुममा थिए । १८ गते सोमबार रातिबाट छोरालाइ एक्कासि जोरो आयो । अब भने मुटुको धड्कन ज्यादै बढ्यो ।

त्यसपछी छोरालाइ पुन आइसोलेट गरियो । धन्न ३ वटा बाथरुम सहितको कोठा हुनाले म्यानेज भयो । मङलबार बिहान एक डोज र बेलुकी एक डोज सिटामोल ले छोराको जोरो मङलबार रातिबाट कन्ट्रोल्भो । मङलबार पुन अर्को इन्जिनियर को पोजिटिभ आयोर। राती डा. साब ले फोन गर्नु भो । मैले अगाडि नै स्वैकार गरि सकेकोले खासै केही भएन । यद्यपि छोरो लाई जोरो आउनु श्रीमतीलाई घाँटी दुख्नु जस्ता कुरामा थप ढड्कन बढायो । यो रात पनि निन्द्रा परेन । बुधबार रोशी को स्वास्थ्य का साथिहरु घरै आएर स्वाब लिदिनु भो बिहिबार छोराको पनि पोजिटिभ आएको छ । बुधबार दिन्भर पखाला लाग्यो । बुधबार राती राम्ररी निदाए।बिहिबार नाक गनाउने कान थुनिने छाती दुख्ने भएको छ । इम्युनिटी बढाउने नाममा ध्रे पटक नुन वाला झोलिलो कुरा र तथा गुर्जो बेसार अजिथ्रो खाएको ले होला गर्मी अनुभव भएर शरिरमा ताप बढेको मुटुको पल्स १११ पुगि निन्दाउन समस्या भयो ।

बिरामी भएको जानकारी नपाउनेले किन घर बसेको भनेर सोधनि गर्न फोन गर्ने आफन्त साथिभाइ तथा शुबचिन्तकहरुले कोरोना नया रोग भएको कारण समेत स्वास्थ्य लाभको कामना गर्न तथा के कसो छ भनेर सोधनि गर्दा म्यानेज नै गर्न नसकिने गरि फोन आएकोले फोन अफ गरेको छु । एकातिर छाती दुख्ने रोग अर्को तर्फ धेरै बोल्न नहुने अबस्थाको कारण धेरै कुरा मेसेजमा नै गर्ने गरिएको छ । बुधबार बिहान निकै राम्रो भएको महशुस भएको थियो दिउँसो बाट पखाला लाग्यो । बेलुकी छाती दुखेर श्वास प्रस्वासमा अलिक असहज जस्तो भएपछी बाफ लिने काम गरे । अक्सिजन लेबल हेर्ने बाफ लिने जोरो प्रेसर नाप्ने तथा गाह्रो महसुस हुदा जडान गर्न मिल्ने नेबुलाइजर र औषधी रेडि गरेकोले पनि ढुक्क फिल भा छ । छाती दुखाइ नाक खिर्याउने र थकाइ बाहेक अरु लक्षण छैन ।

आफुलाइ खासै गारो नभए पनि कहिले ज्वानो पानी, कहिले बेसार पानी कहिले गुर्जो पानी कहिले तातो दाल कहिले जेठी मधु कहिले कागती पानी कहिले मरिच पानी कहिले तुलसी पानी गर्दा गर्दै सादा पानी खाने तथा नाकमा बाफ लगाउन नै समय नपुग्ला जस्तो भै सक्यो । कोरोना सोरोना जे जे भने पनि नाकमा सिङान न आउने खाले अलिक चाडै फोक्सोमा संक्रमण हुने रुघा रहेछ । रुममा एक्लै बस्दा मास्क नलाएनी हुन्छ भन्ने अजासु (अति जान्ने सुन्ने) को सुझाव मान्ने भएर म मास्क नलाइ बसे । कार्यालय सहयोगी मार्फत आएका फायल हेर्ने क्रममा सन्क्रमित साथिहरुले छोएको तथा थुकका छिटा परेको कगजात मेरो नाकमा पुग्यो होला भन्ने मेरो अनुमान छ । म संक्रमित भएको मलाई लक्षण देखिएको एक हप्ता अगाडि शुक्रबार र सोमबार को बिचमा हुन पर्छ भन्ने ठम्याइ छ । म सुरुका दुई दिन चाहिँ जताततै ढल्ने थिए हाल ठिक छु ।

मत पोजिटिभ भै सकेर एन्टि बडि उत्पादनमा लागि सके बरु यहाँहरु सकेसम्म जोगिने प्रयत्न गर्नु होला । आफ्नो घर भित्र बाहेक जहाँ पनि मास्क लागाउनु होला । मास्क ले तपाईंको मुख्य शत्रु हात लाई नाकमा पुर्याउन रोक्ने छ । हामी आफै घर घरका ठुला डाक्टर भएर पनि अहिले कोरोना भाइरस तिब्र रुपमा फैली रहेछ । रुघाखोकी लागेमा जाडो आउन लागेर हो कोरोना सोरोना हैन ३ दिन मा ठिक भैहाल्छ । यति जाबोमा अफिस किन नजानु ? व्यापार किन छाड्नु भन्दा भन्दै हजारौं लाई रोग सारी सकियो। कोरोना मात्र सार्न नमिल्ने रुघा चाहिँ सार्न मिल्ने हो ?? कोरोना होकि हैन भनेर जाच्न परेन केबल आफुलाइ रुघाखोकी लागेको छ भने यो अरुलाइ सर्न नदिन का लागि आफू अफिस नगै दिने ब्यापार मा नगै दिने गर्नु जरुरी छ ।

फेसबुक मा भेटिएका कोरोनाका लक्षण पढेर मलाइ १०० मात्रै जोरो आछ । कोरोना भाको भा एकै पटक उच्च जोरो आउथ्यो। सिगान आछ त्यसैले हैन।खोकी लाग्या छैन गन्ध गाको छैन लगायत का फेसबुके कुतर्क पढेर आफुलाइ कोरोना बिहिन साबित गर्ने अनि आफ्नो परिवार इस्टमित्र सबैलाइ कोरोना सार्दै जाने प्रथाको अन्त हुन जरुरी छ।अनि अर्को कुरा लक्षण देखिना साथ सहज परिक्षण हुने ब्यबस्था हुने हो र प्रतेक स्थानीय तहमा आइसोलेसन हुने हो भने बड्दो क्रम घट्न सक्छ । होम आइसोलेसन भन्ने कुरो एउटा बाथरुम शेयर गरेर बस्ने तथा एक ाबितभ मा एक मात्रै बाथरुम भएका हरुको हकमा असम्भव प्राय हुने रहेछ ।

मौसमी फ्लू हो या कोरोना हो भनेर कसरी छुट्याउने भनेर फेसबुकहरुमा विभिन्न लक्षण हरु दिएको पाइन्छ । मेरो सन्दर्भमा ती लक्षणहरु बिल्कुलै फरक पाए । न जोरो छ न खोकी छ।न घाँटी खस्खसाको छ।नत पखाला लागेको छ । न स्वाद हराको छ नत गन्ध हराएको छ।घाँटी फ्लूमा पनि समाउथ्यो।छाती पनि दुख्थ्यो ।जिउ पनि दुख्थ्यो। टाउको पनि दुख्थ्यो नै। हाछिउ पनि आएकै थियो।नाक बन्द खुल्ला यहाँ भन्दा अघि पनि भएकै हो।

यो पटक केही फरक महसुस गरिएका कुराहरु यस्ता छ्न।

१ घाँटी केहिछिन समाउने केही छिन मै छोड्ने
२ पहिला पहिला सिङान तर्तरी हुन्थ्यो यो पटक अलिअलि नाक चिसो भो एकै छिन मा सुक्खा ।
३ जुनसुकै बेला चिट्चिट पसिना आउने
४ शरीरका माम्सपेशी दुख्ने अधिक थकाइ लाग्ने
५ गलो नबस्ने तर बोली नाके भयो ।
६ जोरो आएन तर आउला आउला जस्तो गर्ने
७ तालु पोले जस्तो गर्यो
८ श्वास ४० सेकेन्ड पनि रोक्न सकिएन ।
९ पातलो दिशा भएन तर पटक पटक दिशा भैरह्यो ।
१० मोउसमी फ्लूमा हाछिउ पटक पटक आउथ्यो यो पटक हाच्छिउ एक्दमै कम पटक आइरहेछ।
११ टाउको भारी भैरहने र बेलुकी पख बढी टाउको दुख्ने ।

रोशी गाउपालिकाका कर्मचारी साथिहरु म सहित ७ जना मा (हिजो सम्म) कोभिड पोजिटिभ देखिएको ले मसग क्लोज कन्ट्याक्ट् मा रहनु भएका सबैले आइसोलेसन मा बसि दिन हुन अनुरोध छ। लक्षण देखिना साथ म पनि आइसोलेसन मा बसेको थिए तर सो पुर्ब नै मलाइ पनि कसैले यस्तो जानकारी दिएको भए थप फैलन बाट जोगिने थियो भन्ने लागेको छ ।

Facebook Comments