जेठ २,
२०७८,काभ्रे/

कोरोना संक्रमणको जोखिममा क्रियाशिल भएर खटिने जिल्लका पत्रकारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्थापना गरेको ५ लाख राशिको आपतकालीन राहत कोषमा रकम जम्मा गर्ने ब्यक्तिको संङ्खया बढेको छ । आपतकालीन राहत कोष कोरोना महामारीका बेला जिल्लामा क्रियाशील संचारकर्मीलाई आफू सक्रिय रहेको पेसा र संस्थाबाट राहत महसुस गराउन सकियोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको थियो ।

कोषमा पत्रकार लगायतका विभिन्न संघसंस्था, व्यवसायीले सहयोग गरेका छन् । महासंघ अध्यक्ष बद्रिराज तिमल्सिनाले १० हजार, प्रदेश परिषद् सदस्य कविता शर्माले १० हजार, दिपक गौतमले १५ हजार, व्यवसायी चन्द्र हुमागाई, कृष्णहरि आचार्यले १०/१० हजार, पत्रकार प्रल्हाद शर्मा हुमागाई, सन्तोष न्यौपाने, त्रिमुर्ती डेभलपर्स र भोला भट्टराईले ५/५ हजार सहयोग गरेका छन् ।

त्यस्तै कानुन आयोगका पुर्व उपाध्यक्ष तथा सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य प्रचण्डराज प्रधानबाट रु १५,५५५, सामुदायिक बिधालय व्यवस्थापन महासंघका महासचिव गुणराज मुक्तानबाट १५ हजार, पनौती नगर विकास समितिका पुर्व अध्यक्ष राजेश श्रेष्ठ र खनाल ट्रेडिंग एण्ड सप्लायर्स भकुण्डेका दामोदर खनालबाट ५/५ हजार प्राप्त भएको अध्यक्ष बद्रिराज तिमिल्सनाले जानकारी दिए ।

Facebook Comments Box