जेठ ५,
२०७८,काभ्रे/

काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ मा मिनि टिपर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन ।

घटनामा परि चालक रामेछाप सुनापती गाउँ पालिका – १ ( साबिकः ढोडिनी) का १९ बर्षिय बिनोद शिबभक्तीको मृत्यु भएको छ भने अर्का एक जना रामेछाप सुनापति गा. पा. कै ४५ बर्षिय रामबहादुर बम्जन गम्भीर घाइते भएका छन् ।

टिपर चौरीदेराली गाउँपालिका वडा नम्बर ६ देउराली बजार नजिकैको मोडबाट पल्टिएको हो । कात्तिके देउरालीको स्वास्थ चौकीका लागि ढुङ्गा लैजादै गरेको बा ५ ख १५२४ नम्बरको टिपर उकालो बाटोमा ब्याक भएर भिरबाट तल झरेको थियो ।

Facebook Comments Box