जेठ ५,
२०७८,काभ्रे/

काभ्रे जिल्लामा आज सर्वाधिक २ सय ८२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार आज १ सय ६६ जना कोरोना संक्रमण मुक्त हुँदा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नमोबुद्ध नगरपालिकाका ७५ वर्षिय महिला, पनौतीका ६३ वर्षिय पुरुष, बनेपाका ८४ वर्षिय महिला र धुलिखेलका ६६ वर्षिय महिलाको मृत्यु भएको डा. झाले जानकारी दिए । सबैको धुलिखेल अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए ।

यस्तै आज एकै दिन २ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएकोमा बनेपाका ६४ जना, धुलिखेलमा ४८ जना, पनौतीमा ८८ जना, नमोबुद्धमा १५ जना, पाँचखालमा ३ जना, मण्डनदेउपुर नगरपालिकामा ३५ जना रहेका छन् । यस्तै चौँरी देउराली गाउँपालिकामा ४ जना, भुम्लुमा १२ जना र खानीखोला गाउँपालिकामा १३ जना थपिएका छन् ।

यो सँगै काभ्रेमा कोरोनाका सक्रिय संक्रमतिको संख्या २ हजार ५३ जना रहेका छन् । काभ्रेमा कोरोनाका कारण १ सय ३३ जनाको मृत्यु भएको छ जसमा बाहिरी जिल्लाका ४१ जना रहेका छन् ।

Facebook Comments Box