जेठ ६,
२०७८,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकाका मेयर टि.पि. शर्मा तिमल्सिनालाई कारोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रवक्त सञ्जीव ढकालका अनुसार बिहिबार प्राप्त रिपोर्टमा उनमा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागि हुन कोरोना रिपोर्ट बुझाउनु पर्ने भएपछि सोमबार स्वाव संकलन गरेका मेयर शर्माको बुधबार कोरोना पुष्टि भएको हो ।

पछिल्ला दिन नमोबुद्ध नगरपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । नगरपालिकामा बुधबार सम्मको तथ्याङमा ८३ जनामा कोरोना पुष्टि भईसकेको छ ।

Facebook Comments Box