जेष्ठ ९,
२०७८,काभ्रे

जिल्लाको बेथानचोक गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी लगाएत स्वास्थकर्मी सहितको टोलिले कोरोना संक्रमण भएकाहरुको घरमै पुगेर स्वास्थ अवस्था बुझ्दै मास्क,ग्लोब्स, सेनिटाइजर लगाएत कोरोना हाइजेनिक कीट बितरण गरेको हो ।
स्वास्थ सामाग्री बितरण गर्ने क्रममा अध्यक्ष तिमल्सिनाले संक्रमितहरुलाई स्वास्थ समस्या देखा पर्नासाथ नजिकैको स्वास्थ संस्था वा गाउँपालिकाको अस्पतालमा सम्पर्क गरि उपचार सेवा लिन समेत सुझाउनु भएको गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

आज आइतबारदेखि बेथानचोक गाउँपालिका वडा वडाका कोरोना संक्रमण भएकाहरुलाई गाउँपालिका अध्यक्ष तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत भण्डारीद्वारा आफैं घरदैलोमै पुगेर कोरोना संक्रमीतलाई स्वास्थ सामाग्री लगाएत कोरोना हाइजेनिक किट बितरण गर्ने कार्य सुरुवात गरिएको हो । गाउँपालिकामा हाल सक्रिय कोरोना संक्रमीत ४१ जना रहेका छन् भने ८ जना कोरोना सन्क्रमितहरु गाउँपालिकाको अस्थायी अस्पतालमा उपचार गराइ निको भइसकेका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए । अस्थायी अस्पतालको क्षमता बढाइ स्वास्थ सेवालाई यो विषम परिस्थितिमा थप ब्यवस्थित बनाउदै लैजाने कार्यमा गाउँपालिका लागेको साथै धुलिखेल अस्पतालसंग सहकार्य गर्दै कोरोना संक्रमण भएका र अन्य बिरामीको उपचार कार्यमा गाउँपालिकाले ध्यान केन्द्रित गरेको अधिकृत भण्डारीले बताएका छन्

Facebook Comments Box