काभ्रे, जेठ १०
जिल्लाको विकट भुम्लु गाउँपालिकाको वडा नं २ र ३ मा कोरोना महामारीको कारण रोजगारी, आम्दानी गुमाएका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान वितरण गरिएको छ । नेपाली कांग्रेस तरुण विभाग बाग्मती प्रदेशको उप–संयोजक तथा नेपाल तरुण दल काभ्रेकासभापति दावा लामाले दुवै वडाका ३ सय ५० विपन्न परिवारलाई चामल, नुन, तेल लगायतका खाद्यान वितरण गरेका हुन् । स्थानीय समेत रहेका उनले गतबर्ष कोरोना संक्रमणका कारण गरिएको लकडाउनको समयमा न्यून आय भएका परिवारलाई राहत सामाग्री वितरण गरेका थिए ।
स्थानीयले लामाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै खुशी व्यक्त गरे ।
सभापति लामाले आफ्नो अभियानमा विभिन्न व्यक्तिहरुले सहयोग गरेको भन्दै भुम्लु गाउँपालिकाका सबै वडा र जिल्लाका विभिन्न स्थानमा आवस्यकताका आधारमा वितरण गर्ने बताए ।
सोही समयमा माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गरिएको थियो । लामाले जिल्लाका विभिन्न स्थानमा यस्तो सहयोग गर्दै आएका छन् ।

Facebook Comments Box