२०७६-०६-१३
कटुञ्जे,

रोशी गाउँपलिकाको ३७ औ कार्यपालिका बैठक सम्पन्न भएको छ । गाँउपालीका अध्यक्ष डि.बि. लामाको अध्यक्षतामा भएको उक्त बैठकमा विभिन्न निर्णयहरु भएका छन् । बैठकमा ढुंगा, गिट्टी बालुवाको १५ प्रतिशत घटाएर ठेक्का दिने सूचना जारी गरेको छ, जसमा ६ करोड ११ लाख ९३ हजार २ रुपैयाँ ५० पैसा रहेको रोशी गाउँपालिका प्रवक्ता पदम लामाले जानकारी दिएका छन् । साथै पर्यटकिय क्षेत्र डम्फू पार्क निमार्णको निमित्त रोशी गाउँपालिका वडा नं ११ कालढुंगामा निर्माण गर्ने निर्णय पनि आजको बैठकमा भएको लामाले जानकारी दिएका छन् ।
त्यस्तै, आजनै बडा दशै–शुभ दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाले नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल संवत (छठ पर्व) को उपलक्ष्यमा रोशी वासी, स्वदेश तथा विदेशमा रहुभएको सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका थिए । साथै यस चाडको अवसरमा टाढिएका, छुटिएका सम्पूर्ण नेपालीमा एकत्रित हुनको निम्ति चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताए । फरक प्रसँगमा बोल्दै लामाले “समृद्ध समाज निर्माणको निम्ति एक दुई जनाको पहलले मात्र सम्भव हुँदैन, यसका लागि सम्पूर्ण तह, क्षेत्र र वर्गको सहयोग आवश्यक रहन्छ” ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौलाले आउदै गरेको महान पर्व वडा दशै र दीपावलीको अवसरमा सम्पूर्ण रोशी वासी तथा नेपाली नागरिहरुले सभ्य, भव्य र उल्लासमय तवरले मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरिन् । चाड पर्वमा जुवा–तास, तथा विकृति नभित्राई सभ्य ढंगले मनाउन, समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि नगरिदिन आग्रह गरिन् । कार्यक्रममा जनप्रतिनिध र स्थानीयहरुको सहभागीता रहेको थियो ।

Facebook Comments