Sunday, April 5, 2026
Date
आइत, चैत्र २२, २०८२
Sun, April 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अनर्गल प्रचारविरुद्ध मन्त्री लामाले गरे सञ्चारमाध्यम र सञ्चारकर्मी विरुद्ध गालीबेइज्जतीको मुद्धा दर्ता

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज २, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
‘सुन तस्करी प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु’– मन्त्री लामा
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

अनर्गल प्रचारविरुद्ध मन्त्री लामाले सञ्चारमाध्यम र सञ्चारकर्मीविरुद्ध गालीबेइज्जतीको मुद्धा दर्ता गराउनुभएको छ ।आफ्ना विरुद्ध सञ्चारमाध्यममा अनर्गल प्रचार भएपछि बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले सञ्चारमाध्यम र सञ्चारकर्मीविरुद्ध गालीबेइज्जतीको मुद्धा दर्ता गर्नुभएको हो । २०८० भाद्र २५ गते काठमाडौंमा सुन बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर कपोलकल्पित र निराधान समाचार प्रकाशित भएपछि मन्त्री लामाले कानूनी बाटो अपनाउनुभएको हो ।
आज काठमाडौं जिल्ला अदालतमा दर्ता भएको फिरादमा काठमाडौं महानगरपालिका २० मा कार्यालय रहेको कामना न्यूज पब्लिकेकासन प्रालि, सोही प्रालिले सञ्चालन गरेको नेपाल समाचारपत्र डटकम, न्यूज अफ नेपाल डटकम, त्यसका प्रमुख कार्यकारी अधिृकत तथा सम्पादक दिरेकलाल श्रेष्ठ, निर्देशक रनिकलाल श्रेष्ठ र काभ्रे संवाददाता वडा नं ३ बस्ने मोतिराम (मोतिलाल) तिमल्सिनालाई विपक्षी बनाइको छ ।
फिरादमा सुन प्रकरणमा मन्त्री तीर्थ लामाको समेत व्यक्तिगत मानमर्दन तथा चरित्रहत्या गर्ने मन्साय राखि विपक्षीहरुले सञ्चालन गरेको अनलाईन पत्रिका न्युज अफ नेपाल पत्रिका नेपाल समाचारपत्र मार्फत २०८० भदौ २९ गते देखि निरन्तर राजनितिक तथा व्यक्तिगत जीवनमा नकारात्मक असर पार्ने मनसाय राखी आधारहिन तथा तथ्यहिन समाचार लगातार सम्प्रेषण हुँदै आएको उल्लेख छ ।
फिरादमा विपक्षी मोतिराम तिमल्सिनाले संचारमाध्यममा मात्र सिमित नरहि आफ्नो व्यक्तिगत सामाजिक संजालहरुको समेत प्रयोग गरी निरन्तर मन्त्री लामाको ख्याति तथा चरित्रको हत्या गर्ने बदनियत राखि निरन्तर भ्रामक समाचार प्रकाशन गर्न बन्द नगरेकोले निजको बदनियत छर्लङ्ग देखिने उल्लेख छ ।
राजनीतिक प्रतिशोध राखि प्रतिवादीहरुले गलत र भ्रामक समाचार प्रकाशन गर्न बन्द नगर्नुले निजहरुको बदनियत छर्लङग भएको दाबी गर्दै मन्त्री लामाले विपक्षीहरुले विद्युतीय तथा अन्य आम सञ्चारका माध्यमहरुको प्रयोग गरी झुट्ठा, कपोकल्पित, तथ्यहीन र पुर्वाग्रही तथा भ्रामक समाचारहरु सम्प्रेषण गरि झुट्ठा लाञ्छाना लगाई गाली–बेइज्जती गरेको स्पष्ट भएकोले मुलुकी अपराध संहिता, २०७४ को व्यवस्था बमोजिम हदैसम्मको कार्वाही माग गरिएको छ ।
नेपाली कांग्रेस काभ्रेले पार्टी सभापति तीर्थबहादुर लामालाई लगाइएको निराधार आरोपको कानूनी उपचार खोज्ने निर्णय गरेको थियो । जिल्ला कार्यसमिति बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाको चरित्र हत्या गर्ने र मानमर्दन गर्ने उद्देश्यका साथ सुनियोजित तवरले प्रकाशन र प्रचार भएको ठहर गर्दै उक्त आरोपको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

You might also like

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

Previous Post

‘सुन तस्करी प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु’– मन्त्री लामा

Next Post

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

RadioRoshi

RadioRoshi

Related Posts

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

by RadioRoshi
शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

by RadioRoshi
मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
Next Post
आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

काभ्रेको भुम्लुमा दलित महिलामाथि निर्घात कुटपिट गर्ने विजय तामाङ पक्राउ

काभ्रेको भुम्लुमा दलित महिलामाथि निर्घात कुटपिट गर्ने विजय तामाङ पक्राउ

आइतवार, फाल्गुन ११, २०८१
निःशुल्क स्वास्थ्य सेवाको पहुँचमा रोशीका जनता

निःशुल्क स्वास्थ्य सेवाको पहुँचमा रोशीका जनता

शुक्रबार, चैत्र २४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.