यश कुमार परियार–फागुन २२,
२०७६,काभ्रे/

तेमाल गाउँपालिकामा यहि फागुन २५ गते हुने भनिएको १ सय १०औँ अन्तराष्ट्रिय नारी दिवस स्थगीत भएको छ । गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यसबारे जानकारी दिएकी हुन् ।
उनले “मन्त्रालयको निर्णय अनुसार विश्व भरी फैलिएर आएको कोरोना भाइरसलाई मध्यनजर राख्दै तेमाल गाउपालिका काभ्रेले मनाउन लागेको ११० औ अन्तर्रा्ष्ट्रिय महिला दिवस स्थागित गरिएको छ । साथै यहि चैत्र २ गते देखि १० गते सम्म दादुरा रुवेला खोप अभियान २०७६/०७७ लाई सफल बनाउन सबैले सबैको तर्फबाट साथ सपोर्ट को लागि हर्दिक अनुरोध गर्दछु” लेखेकि छन् ।
तर चैत्र २ गतेबाट १० गते सम्म संचालन हुने दादुरा रुवेला खेप कार्यक्रम भने सफल पार्न उनले आग्रह गरेमि छन् ।
दादुरा रुबेला अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ । त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।

Facebook Comments Box