Sunday, May 31, 2026
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेका बौद्धिक समूहको अपिल ‘संविधानको रक्षा र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई भोट’

RadioRoshi by RadioRoshi
शनिबार, कार्तिक २६, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रेका बौद्धिक समूहको अपिल ‘संविधानको रक्षा र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई भोट’
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,
जिल्लामा कृयाशिल बौद्धिक समूहले संविधानको रक्षा र सुशाशनको लागि यसपटक लोकतान्त्रिक–बाम गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् ।शनिवार काभ्रेको बनेपामा सम्पन्न प्राध्यापक, शिक्षक, कानून व्यवसायी, इञ्जिनियर, पूर्व कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतका बौद्धिक समूहको भेलाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक–बाम गठबन्धनका ‘स्वच्छ छवि भएका, उर्जाशिल, अनुभवी तथा विकासप्रेमी’ उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको हो । प्रजातन्त्रवादी प्राध्यापक संघ बाग्मती प्रदेशका सहसंयोजक माधवप्रसाद तिमल्सिना, काभ्रे जिल्ला अध्यक्ष भोला केसी, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम बस्नेत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सर्वोत्तम गिरीले हस्ताक्षर गरी जारी गरेको अपिलमा लोकतान्त्रिक शक्ति र बामपन्थी दलहरुको सक्रिय संलग्नताले सात दशकको अथक प्रयासको परिणाम स्वरुप संविधानसभामार्फत प्राप्त संविधान पटक–पटक मिचेर निहित स्वार्थ पूरा गर्ने दुष्प्रयासका विरुद्ध लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुबीच गठबन्धन हुनुपर्ने समसामयिक आवश्यकतालाई मध्य नजर गर्दै बृहत एकताका साथ अघि बढिरहेको गठबन्धनप्रति बौद्धिक समूहको समर्थन रहेको जनाइएको छ ।


२०७४ सालमा निर्वाचित सरकारले करिब दुइतिहाइको हाराहारी मत प्राप्त गरेता पनि २÷२ पटक प्रतिनिधि सभा भंग गर्ने प्रयास गरी जनमतको अपमान गरेको समेत बताए । काभ्रेली मतदाताले अपार भरोसा गरी नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यले मतदाताको शीर झुक्ने गरी भ्रष्टाचारको मिलेमतो (सेटिङ्ग) मा संलग्न भएको सुन्नुपर्दा बौद्धिक वर्ग लज्जित भएको उल्लेख गरेका छन् । लोकतान्त्रिक शक्ति र बाम गठबन्धनले अब संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका बहुलबादमा आधारित बहुदलीय संसदीय लोकतन्त्र, आधारभूत मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको सम्बद्र्धन गर्न सक्छ भन्ने अपेक्षा सहित लोकतान्त्रिक समाजवाद उन्मुख सम्मुनत नेपाल निर्माण गर्ने तर्फ देशलाई अघि बढाउन गठबन्धन सक्षम हुनेछ विश्वास समेत व्यक्त गरिएको छ ।
दलीय व्यवस्थामा दलको विकल्पमा दल नै मात्र हुन सक्ने तर्क गर्दै उनीहरुले स्वतन्त्र भएर विजयी सांसदले संसदीय व्यवस्थामा खासै भूमिका खेल्न नसकेको विगतका अनुभवलाई आधार मान्दै मतदान गर्दा विशेष ध्यान दिनुहुन समेत अनुरोध गरिएको छ । बहुदलीय व्यवस्था र गणतन्त्र स्थापनाका लागि बलिदानी र संघर्षमा खरो रुपमा प्रस्तुत गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनीहरुले अनुरोध गरेका छन् । भेलामा उपस्थित गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का साझा उम्मेदवार शिवप्रसाद हुमागाईले आफूलाई सबै क्षेत्रको साथ, सहयोग भएको भन्दै बौद्धिक समूहको समर्थनले थप उत्साहित भएको बताए । बौद्धिक समूहले अनियमितता, भ्रष्ट्राचारमा संलग्नलाई समर्थन नगर्ने भन्दै आफू निर्वाचित भएपछि काभ्रेली मतदाताको शिर उच्चो राख्ने गरी काम गर्ने बताए ।
प्रदेश सभा क्षेत्र नं २ (क) का उम्मेदवार लक्ष्मण लम्साल, २ (ख) का उम्मेदवार कञ्चनचन्द्र बादे, नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपाल, नेकपा एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, गठबन्धनको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्याल, काभ्रे सेवा समाजका अध्यक्ष नारायण महत, प्राध्यापक भोेला केसी, क्याम्पस प्रमुख केजी बैदार, इश्वरी ओझा, माधवप्रसाद तिमल्सिना, राजेशराज महत, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम बस्नेत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सर्वोत्तम गिरी लगायतले संविधानको रक्षा, भ्रष्टाचारमुक्त समाज र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउनुपर्ने तर्क गरे ।

You might also like

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

Previous Post

काभ्रेमा निर्वाचन तयारी अन्तिम चरणमा

Next Post

कार र बाइक एकआपसमा ठोक्किँदा काभ्रेका सन्दीपको मृत्यु

RadioRoshi

RadioRoshi

Related Posts

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
कार र बाइक एकआपसमा ठोक्किँदा काभ्रेका सन्दीपको मृत्यु

कार र बाइक एकआपसमा ठोक्किँदा काभ्रेका सन्दीपको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत रोशीको विद्यालयहरूमा कम्युटर बितरण

एक विद्यालय एक कम्युटर कार्यक्रम अन्तर्गत रोशीको विद्यालयहरूमा कम्युटर बितरण

शुक्रबार, अशोज ७, २०७९
कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

बुधबार, माघ २५, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.