चैत्र २४,
२०७७,काभ्रे/

जिल्लाम प्रहरी कार्यलय काभ्रेले गत आइतबार बस भित्र मृत अबस्थामा फेला परेकि एक महिलाको हत्या आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ । बनेपाको बसपार्कमा पार्किङ गरी राखेको बा २ ख २४२७ नम्बरको बसभित्र ३५ वर्षीया महिलाको हत्या भएको हो ।

गत आइतबार बसभित्र एक महिला मृत अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न एक किशोर सहित ४ जनालाई सोमबार राती नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानमा मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने खोज्दा विवाद भएको र आफुहरुको पहिचान खुल्ने डरले ४ जनाले मिलेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । कार्यालयका अनुसार घटनाको प्रकृती हेर्दा सडक बालबालिकाहरुको संलग्नतामा उक्त महिलाको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयको ह्युमन इन्टिलिजेन्स र विविध प्राविधिक सूचनाको विश्लेषण गरी घटनानास्थलमा भएको सबुद समेत संकलन गरि अनुसन्धान गरेको थियो । उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।

Facebook Comments Box