काभ्रे,
मौसमविद्ले पर्सिसम्म नै देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको बताएका छन् । आज देशका थोरै ठाउँमा पानी पर्ने र हावाहुरी पनि चल्ने मौसमविद्ले बताएका छन् । पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षा हुने र कोशी, मधेश र बागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।