Thursday, July 2, 2026
Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेबाट हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास

RadioRoshi by RadioRoshi
शनिबार, मंसिर ३०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, प्रदेश खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
काभ्रेबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने सडक शिलान्यास
623
SHARES
3.5k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास गरिएको छ । कटुञ्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकूले–तालढुंगा हुँदै हेटौंडा जाने प्रादेशिक सडक शिलान्यास गरिएको हो ।
आज बाग्मती प्रदेश सरकारका खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, प्रदेशका पूर्वमन्त्री समेत रहनुभएको प्रदेश सभा सदस्य रत्न ढकालले काभ्रेबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
पूर्वाधार विकास कार्यालय धुलिखेल मार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतीको लागि ठेक्का आव्हान भएको थियो । रिटेनिङ वाल, स्ल्याब कलभर्ट, ह्युमपाइप कल्भर्ट लगायतका संरचना निर्माण हुने गरी ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा–ग्रीन तारा जेभीले ठेक्का लिएको हो । ।
बागमती प्रदेश सरकारले आयोजनाको लागि गत आर्थिक बर्षमा नै ९४ करोड ६९ लाख श्रोत सुनिस्चित गरेको छ । चालु आर्थिक बर्षको लागी ७ करोड बिनियोजन भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले २० लाख भन्दा कम बजेटका योजनामा प्रदेशले बिनियोजन नगरेको भन्दै साना योजनाका माग धेरै भएकाले समस्या भएको बताउनुभयो । तीन तहका सरकारमा योजनामा दोहोरोपना नहुने भन्दै सबैले देखिने, सुनिने र अनुभव गर्ने खालका आयोजना थालिने बताउनुभयो । उँहाले शिलान्यास गरिएको सडकको लागि श्रोत सुनुस्चित भैसकेकोले निर्माण सम्पन्न हुनेमा बिश्वस्त हुन अनुरोध गर्नुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले ६ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सुचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्रे गर्दै लैजाने योजनामा प्रदेश सरकार रहेको बताउाुभयो । प्रदेशको एकल श्रोतमा ठेक्का लागेको प्रदेशकै ठूलो बजेट भएको योजना भएको जानकारी दिदै भौगोलिक बिकट र धेरै जनसंख्याका आधारमा बागमती प्रदेशका जिल्ला मध्ये काभ्रेमा धेरै बजेट बिनियोजन भएको बताउनुभयो ।
स्थानीय समेत रहनुभएको खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले १०–१२ बर्ष अघि चन्दा उठाएर सुरु गरिएको सडक निर्माण गर्ने सपना साकार भएको बताउनुभयो । ३ पटक आफुलाई जनताले प्रतिनिधिको रुपमा अनुमोदन गरेको भन्दै उँहाले उनिहरुको जिवनस्तर उकास्न सधै लाग्ने प्रतिबद्धता जनाउनुभयो । काभ्रे क्षेत्र नम्बर १ भौगोलिक रुपमा विकट रहेको भन्दै यहाँका बिकास आयोजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिदिन प्रदेश सरकारका आर्थिक योजना र भौतिक पुर्वाधार मन्त्रीलाई अनुरोध गर्नुभयो ।
प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य रत्न ढकालले रणनीतिक महत्त्वको सडक भएको भन्दै क्षेत्र नम्बर १ का अन्य सडक पनि क्रमशः स्तरोन्नति गरिने बताउनुभयो ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले संघीयताका कारण तल्लो तह सम्म बजेट गएकाले यसलाई सस्थागत गरिनुपर्ने बताउनुभयो ।
तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उक्त सडकले तेमाल गाउँपालिका समेत लाभान्वित हुने तर्क गर्दै जिल्लाकै गौरवको बिषय भएको बताउनुभएको छ ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले सडक निर्माणले गाउँपालिकाको एउटा महत्त्वपूर्ण सपना पूरा भएको भन्दै प्रदेश सरकारको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो ।
रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइवाले सडक शिलान्यास भएकोमा खुसी व्यक्त गर्दै अर्को बर्ष पिन्थली–रजवास सडक शिलान्यास गर्न पाइने अपेक्षा गरेको बताउनुभयो । त्यसैगरी
रोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अशोक गौतमले आयोजनाको प्रथम विन्दुबाट काम शुरु भएर समयमा सम्पन्न हुने अपेक्षा गर्नुभयो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

काभ्रेबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने सडक शिलान्यास

Next Post

रेयुकाई मासुनागा आँखा अस्पताल बनेपामा नानी प्रत्यारोपण शुरु

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
रेयुकाई मासुनागा आँखा अस्पताल बनेपामा नानी प्रत्यारोपण शुरु

रेयुकाई मासुनागा आँखा अस्पताल बनेपामा नानी प्रत्यारोपण शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

इप्रका मंगलटारद्वारा नागरिक सुनुवाई सम्पन्न

इप्रका मंगलटारद्वारा नागरिक सुनुवाई सम्पन्न

मङ्लबार, मंसिर २६, २०८०
व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना हुँदै

व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना हुँदै

बुधबार, जेष्ठ २, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.