Sunday, March 15, 2026
Date
आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तिनधारे झरनाको अवलोकन भ्रमणः चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले मागे विकास

RadioRoshi by RadioRoshi
आइतवार, भदौ १७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
तिनधारे झरनाको अवलोकन भ्रमणः चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले मागे विकास
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रममा चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले बिभिन्न विकास मागेका छन् । हिजो बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलगायतको सहभागीतामा तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन गरीएको हो ।
कार्यक्रममा चार मन्त्रीसमक्ष काभ्रेका जनप्रतिनिधिहरूले विकासको योजना माग गरेका छन । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले तिनधारे झरनाको प्रवद्र्धन गरेर आर्थिक उपार्जनमा लाग्नु पर्ने बताउनुभएको छ । त्यसका लागि बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

You might also like

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

विकासप्रेमी अर्थमन्त्री र काभ्रेली विकासप्रेमी मन्त्री तिर्थ लामाले काभ्रे विकासका लागि लागिपर्ने बताएका छन् । नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कन्साङ लामाले चार जना प्रदेश मन्त्री पर्यटकीय स्थलमा उभिएपछि विकासको मूल फुट्नेमा विश्वास लिएको बताउनुभयो ।रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको पालिका भएको बताउनुभयो । रोशीमा चैतेपानीमा नेपालकै एक मात्र ठाउँमा पाईने १२ बर्षमा फूल्ने निलम्बरी फूल पाईने स्थान पनि भएको जानकारी दिनुभयो । त्यस्तै भूमेचुली डाँडा, तिनधारे झरना, हात्तीआहाल, ताराखसे लेक तथा पोखरी लगायत रोशी गाउँपालिका भित्र पर्यटकीय स्थल रहेको लामाले बताउनुभयो । ति स्थलहरूको विकास र प्रर्वधनका लागि गाउँपालिकाले मात्र सम्भव नहुने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ । विकासप्रेमी मन्त्रीहरूले त्यसका लागि सकारात्मक सहयोग पाउने विश्वास लिएको अध्यक्ष लामाले बताउनुभयो ।

रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले पनि रोशीको बिसमा सहयोग गर्नुपर्नेमै जोड दिनुभएको छ । पालिका समृद्ध हुदा जिल्ला समृद्ध हुने जिल्ला समृद्ध हुदा प्रदेश समृद्ध हुने र प्रदेश समृद्ध हुदा देश समृद्ध हुने भएकाले पालिका समृद्धमा सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
रोशीका समाजसेवी सार्कीमान वल र वडाध्यक्ष हस्तमान लामाले तिनधारे झरनाको विकासका लागि स्थानीय सरकारले मात्र नसक्ने भएकाले बागमती प्रदेशले सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको सिमित स्रोत साधान रहने तर जनताको अपेक्षा धेरै हुने भएकाले बिकासमा प्रदेश सरकार र संघ सरकारले सहयोग गर्नुपर्ने उनीहरूको जोड थियो ।
मिक्साङ वाईबाले सञ्चालन गरेको कार्यक्रममा रोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीदास लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्यको क्रममा लामाले मन्त्रीहरू स्वयम आएपछि तिनधारेदेखि ताराखसे लेकसम्म पदमार्ग निर्माण हुने, दाप्चादेखि तिनधारेसम्म सडक कालोपत्रे हुनेमा विश्वस्थ भएको बताउनुभएको थियो ।

Previous Post

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

Next Post

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

by RadioRoshi
शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

by RadioRoshi
बिहिबार, फाल्गुन २८, २०८२
Next Post
कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

शनिबार, भदौ ३०, २०८०
बाग्मती प्रदेशको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामा नियुक्त

बाग्मती प्रदेशको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामा नियुक्त

आइतवार, चैत्र २६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.