Wednesday, May 27, 2026
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथानचोककोे वडा नं. ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

RadioRoshi by RadioRoshi
शनिबार, असार २, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय तह
0
बेथानचोककोे वडा नं. ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोक गाउँपालिकाको वडा नं. ६ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । बेथानचोक गाउँपालिका वडा नं. ६ का अध्यक्ष विष्णु तामाङले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न गाउँपालिका अध्यक्ष भगवान अधिकारी समक्ष प्रस्ताव पेश गर्नु भएको थियो । सो प्रस्तावका आधारमा अध्यक्ष अधिकारीले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्नु भयो । गाउँपालिका अध्यक्ष अधिकारीद्वारा जारी घोषणा पत्रमा उल्लेख गरिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका ६ नं. वडा कार्यालयमार्फत मिति २०८० जेठ १६ देखि २३ गतेसम्म आठ सय उनान्चालीस घरधुरीमा बालबालिकाको विवरण संकलन गर्दा प्रचलित कानुन अनुसार चार वर्ष पुरा भई तेह्र वर्ष उमेर पुरा नभएका कुनै पनि बालबालिका विद्यालय बाहिर रहेको नपाईएकोले मिति २०८० जेष्ठ २५ गते बिहीबार बसेको वडा समिति बैठकको निर्णयानुसार र वडा अध्यक्ष श्री विष्णु तामाङज्यूको प्रस्ताव अनुसार आज मिति २०८० साल आषाढ १ गते शुक्रबारका दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्दछु ।”
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षालाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माणमा केन्द्रित गर्दै शिक्षामा सबैको सहज एवं समतामूलक पहुँच र निरन्तरता सुनिश्चितता गर्न आवश्यक रहेकाले शिक्षामा गाउँपालिकाले लगानी गर्न कञ्जुस्याँई नगर्ने बताउनु भयो । उहाँले अनिवार्य तथा निःशुल्क शिक्षाका माध्यमबाट कुनै पनि बालबालिका विद्यालय बाहिर नहुन भन्ने विषयमा गाउँपालिका गम्भीर रहेको बताउनु भयो । कार्यक्रममा बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले राज्यले अनिवार्य शिक्षाअन्तर्गत बालबालिकालाई निःशुल्क पोशाक, निःशुल्क पाठ्यपुस्तक, परीक्षा, भर्नालगायतका सम्पूर्ण शैक्षिक क्रियाकलाप निःशुल्क गरेकोले अन्तर्राष्ट्रिय मान्यता अनुसार अनिवार्य शिक्षा भनेको चार वर्ष पुरा भएकोदेखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराउने, उनीहरूलाई विद्यालय छाड्न नदिने तथा विद्यालयमै टिकाउन गर्नुपर्ने सम्पूर्ण लगानीमा राज्यको दायित्व भएकोले सोही अनुरुप गाउँपालिकाले कार्य गरिरहेको बताउनु भयो । यो चुनौतिपूर्ण भए पनि यसले मुर्तरुप लिनु पर्ने कुरा औल्याउनुभयो । उहाँले गाउँपालिकाको वडा नं. १ केही दिनपछि नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा हुने बताउँदै अब बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा हुने जानकारी दिनुभयो । यसका लागि निरन्तर खपिटने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।कार्यक्रममा वडा भित्र रहेका सबै विद्यालयका प्राधानाध्यापन, विव्यस अध्यक्ष वा प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष वा प्रतिनिधि, विभिन्न दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

You might also like

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

Previous Post

नमोबुद्ध ११ मा श्रीमानको कुटपिटबाट घाइते दलित महिला वडा सदस्य बिकको मृत्यु

Next Post

मण्डनदेउपुर नगरपालिकाको मनमति मन्दिर स्थानान्तरण गर्ने सहमति

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
Next Post
मण्डनदेउपुर नगरपालिकाको मनमति मन्दिर स्थानान्तरण गर्ने सहमति

मण्डनदेउपुर नगरपालिकाको मनमति मन्दिर स्थानान्तरण गर्ने सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, प्रति सिलिण्डर ग्यासको भाउ २११० रुपैयाँ

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, प्रति सिलिण्डर ग्यासको भाउ २११० रुपैयाँ

आइतवार, अशोज १४, २०८०
रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.