Tuesday, November 11, 2025
Date
मङ्ल, कार्तिक २६, २०८२
Tue, November 11, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तयार

RadioRoshi by RadioRoshi
बिहिबार, अशोज १८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तयार
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले मध्यमकालिन खर्च संरचना तयार पारेको छ । प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङको संयोजकत्वमा कर्मचारीहरूको सक्रियतामा खर्च संरचना तयार पारेको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार तीन महिना लगाएर मध्यमकालिन संरचना तयार पारेको हो । रोशी गाउँपालिकाको मिति २०७९ माघ १९ गते बसेको आठौँ कार्यपालिका बैठकले मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने निर्णय गरेको तामाङले बताउनुभयो । सोही दिन प्राविधिक समिति गठन गरी त्रिबर्षीय मध्यमकालिन खर्च संरचना तयार पारेको उँहाको भनाई छ । सो खर्च संरचनामा २०८०÷८१ को बजेट अनुमान तथा त्यसपछिका दुई आर्थिक बर्ष २०८१÷०८२ र २०८२÷०८३ को प्रक्षेपण गरी तीन आर्थिक बर्षको बजेट प्रस्तुत भएको उँहाले बताउनुभयो । संरचनाले बिषय क्षेत्रगत स्रोतसहित सार्वजनिक वित्तको पूर्वानुमान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उँहाले बताउनुभयो ।
‘गाउँपालिकाले आवधिक योजनाहरू बनाएका हुन्छ । ती आवधिक योजनाहरू कार्यान्वयन गर्नको लागि बार्षिक बजेट पनि बनाएको हुन्छ । बार्षिक बजेट र आवधिक योजनाबीच तालमेल मिलाउने योजना नै मध्यमकालिन खर्च योजना हो ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तामाङले भन्नुभयो , ‘२०७९ माघ १९ गतेको कार्यपालिका बैठकको निर्णयले मेरो संयोजकत्वमा मध्यमकालिन खर्च संरचना तर्जुमा प्राविधिक समिति गठन गरेकोमा तीन महिनामा हामीले तयार पारेका हौँ ।’ संरचनाको मस्यौदा तयार पारी कार्यपालिकालाई हस्तान्तरण गरी कार्यपालिकाले स्वीकृत गरीसकेको उँहाले बताउनुभयो । अब संरचना कार्यान्वयनको चरणमा रहेको उँहाले जानकारी दिनुभयो ।
काभ्रे जिल्लामा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने पालिका रोशी नैपहिलो पालिका हो ।
रोशी गाउँपालिकामा मध्यमकालिन खर्च संरचना तयार पारी कार्यान्वयनको चरणमा रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । कार्यपालिकाको निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङको संयोजकत्वमा कर्मचारीहरूकै मेहनतमा संरचना तयार गरेको अध्यक्ष लामाले बताउनुभयो । यसले आगामी योजना र बजेटलाई तालमेल गरी बिकासमा तिव्रता हुनेमा ढुक्क रहेको उँहाले बताउनुभएको छ ।

You might also like

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

मध्यमकालिन खर्च संरचना भनेका के हो ?
प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार प्रत्येक सरकारले आ–आफ्नो आवधिक योजनाहरू बनाएका हुन्छन् । ती आवधिक योजनाहरू कार्यान्वयन गर्नको लागि बार्षिक बजेट पनि बनाएको हुन्छ । बार्षिक बजेट र आवधिक योजनाबीच तालमेल मिलाउने योजना नै मध्यमकालिन खर्च योजना हो । यसले योजनालाई कार्यान्वयन गर्न सहयोग तथा सहजीकरण गर्छ ।
सरकारले तोकेको आयोजनाहरूलाई खर्च संरचनाले प्राथमिकिकरण गरेर बार्षिक कार्यक्रम र बजेटलाई मार्गदर्शन गर्ने तामाङको भनाई छ । बिषेश गरी आवधिक योजनामा लिएको लक्ष्यलाई पूरा गर्नको लागि बजेट खाका, कार्यक्रम खाका र नतिजा खाकालाई बिशेष जोड दिएको हुन्छ ।
नेपालको संविधानको कार्यान्वयन, समृद्ध नेपाल र सुखी नेपालीको वर्तमान नेपाल सरकारको लक्ष्य एवम् सन् २०३० सम्ममा हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यहरू तथा गाउँपालिकाको आवधिक योजनाले लिएका लक्ष्यहरु हासिल गर्न सार्वजनिक खर्चको प्रभावकारी व्यवस्थापन हुनुपर्दछ । गाउँपालिकाको आवधिक योजना र वार्षिक बजेटबीच तालमेल मिलाई समग्र गाउँपालिकालाई समुन्नत, आत्मनिर्भर बनाउन तथा स्रोतहरूको न्यायोचित वितरणको व्यवस्था गर्न, सार्वजनिक खर्चलाई पारदर्शी, मितव्ययी ढंगले परिचालन गर्न मध्यमकालीन खर्च संरचनाले आवश्यक सुधार ल्याउँछ । नेपालको संविधान अनुरूप अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले नेपाल सरकार तथा प्रदेश र स्थानीय तहले अनिवार्य रूपमा मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था गरेको छ । यस ऐन अनुसार मध्यमकालीन खर्च संरचनामा प्रस्तावित योजनाको उद्देश्य तथा सो योजनाका लागि सम्भाव्यता अध्ययन गर्न वा खर्च छुट्याउन आवश्यकताको पुष्ट्याईलाई समेटिनुपर्ने, प्रस्तावित योजना कार्यान्वयन हुने आर्थिक वर्ष र त्यसपछिका दुई आर्थिक वर्षमा प्राप्त हुनसक्ने प्रतिफल र उपलब्धि समेत राख्नुपर्ने व्यवस्था छ ।
योजना लागू गर्न आवश्यक पर्ने खर्चको विवरण र सो रकम कुन कुन स्रोतबाट के कति व्यहोर्ने र खर्च गरिएको रकमबाट प्राप्त हुन सक्ने प्रतिफल र उपलब्धिको प्रक्षेपण मध्यमकालिन खर्च संरचनाले गर्छ । यो खर्च संरचना तर्जुमा गर्दा कार्यक्रम तथा आयोजनाको प्राथमिकीकरण गर्ने आधारहरू परिमार्जन गरी वस्तुगत रूपमा पन्ध्रौं योजना तथा दिगो विकास लक्ष्यहरू हासिल गर्ने दिशामा कार्यक्रम आयोजना उन्मुख छ, छैन भन्ने मुख्य आधारमा प्राथमिकीकरणको निश्चित मापदण्ड बनाउने छ । यस मध्यमकालीन खर्च संरचनामा पहिलो वर्ष वा आर्थिक वर्ष २०८०÷८१ को हकमा विनियोजित बजेट अनुरूप र त्यस पछिका बाँकी दुई आर्थिक वर्षको हकमा आयोजना कार्यान्वयनको स्थिति, उपलब्ध साधन स्रोत र खर्च गर्ने क्षमतालाई आधार मानी रकम अनुमान गरिएको छ।

को–को थिए प्राविधिक समितिमा
प्रमुख प्रशासकीय अधिकृत लामाको संयोजकत्वमा मध्यमकालिन खर्च संरचना तर्जुमा प्राविधिक समितिमा रोशी गाउँपालिकाका सबै शाखा प्रमुखहरू रहेका थिए । सदस्य सचिवमा योजना शाखा प्रमुख राम लामा, सदस्यहरूमा प्रशासन शाखा प्रमुख धनवीर लामा, जिन्सी तथा जलस्रोत शाखामा जय प्रसाद गजुरेल, स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठ, पशु स्वास्थ्य शाखाका रघुनी शाह, प्राविधिक शाखाबाट भुपेन्द्र अधिकारी, सूचना प्रविधि शाखाबाट प्रकाश पौड्याल, आयुवैद शाखाबाट सविता गौतम, कृषि शाखाबाट समिता तामाङ, आन्तरिक लेखापरिक्षकबाट चन्दावती श्रेष्ठ, आर्थिक प्रशासन शाखाबाट निमराज डाँगी, शिक्षा शाखाबाट राजेन्द्र सिग्देल, रोजगार शाखाबाट चन्द्रकुमार पाख्रिन, महिला विकास शाखाबाट प्रज्वला राई, उद्यम विकास शाखाबाट मनिषा मोक्तान, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाबाट सिता श्रेष्ठ र सहकारी शाखाबाट राजन श्रेष्ठ रहेका थिए ।

Previous Post

नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

Next Post

उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु

RadioRoshi

RadioRoshi

Related Posts

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

by RadioRoshi
मङ्लबार, कार्तिक २६, २०८२
मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

by RadioRoshi
शुक्रबार, कार्तिक २२, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२
आजदेखि मौसममा सुधार
Roshi Khabar E-Paper

आजदेखि मौसममा सुधार

by RadioRoshi
आइतवार, कार्तिक १७, २०८२
Next Post
उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु

उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा रामेछापका शिक्षक पक्राउ

मङ्लबार, पुस ३, २०८०
महाशिवरात्रिको अवसरमा श्री जगबैजेश्वर महादेब मन्दिरमा भक्तजनको बाक्लो भिड

महाशिवरात्रिको अवसरमा श्री जगबैजेश्वर महादेब मन्दिरमा भक्तजनको बाक्लो भिड

शनिबार, फाल्गुन ६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

मङ्लबार, कार्तिक २६, २०८२
मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

शुक्रबार, कार्तिक २२, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
आजदेखि मौसममा सुधार
Roshi Khabar E-Paper

आजदेखि मौसममा सुधार

आइतवार, कार्तिक १७, २०८२
रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
Roshi Khabar E-Paper

रोशीको बिभिन्न स्थानमा पहिरो र लेदोको कारण बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

शनिबार, कार्तिक १६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.