Thursday, August 6, 2026
Date
शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, माघ २३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिका–११ कालढुङ्गा स्थित डम्फू जीवन्त संग्राहलय (डम्फू पार्क)मा ल्होछार बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । सोमबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को आयोजना तथा टाशी चुक्ला खाङ गुम्बा अध्ययन केन्द्रको समन्वयमा ल्होछार कार्यक्रम सम्पन्न भएको हो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने


कार्यक्रमको उद्धघाटन बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले गर्नुभएको हो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री लामाले सबै समुदायलाई सम्मान गरे मात्र देश बिकास हुने बताउनुभएको छ ।
नेपालको संविधानले सबै धर्म समुदायलाई सम्मान गरेको उँहाले बताउनुभयो । नेपालको सबै धर्म समुदाय एक भएमा मात्र समृद्ध नेपाल निर्माण हुने उँहाको भनाई छ ।


बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री रत्न ढकालले नेपालको बहुसंस्कृति र बहुपहिचान सरक्षण गर्न सक्दा मात्र नेपाल धनी हुनेमा जोड दिनुभयो । केही मानिसहरूले पहिचानको कुरा गर्दा देश विखण्डन तिर जाने भन्ने गरेको उँहाले बताउनुभयो ।
पहिचाहनसहितको संघीयता भनेको विखण्डन नभएर एकताको कुरा भएको उँहाले बताउनुभयो । पहिचानसहितको अधिकारका लागि एक पटक फेरी बुलन्द आवाज निकाल्नु पर्ने ढकालको भनाई छ । देश निर्माणको लागि तामाङ समुदायको अन्य समुदायको जतिकै योगदान रहेकोले अन्य समुदायले जतिकै तामाङ समुदायले पनि अधिकार पाउनुपर्ने उँहाको दावी छ ।
बागमती प्रदेशले तामाङ समुदाय र नेवार समुदायलाई सम्मान गर्दै तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको उँहाले बताउनुभयो ।


वरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामा र जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले तामाङ समुदायले घर–घरमा ल्होछार मनाउनुपर्ने बताउदै २८ औँ डुग सोनाम ल्होछारको शुभकामना दिएका छन् ।
गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाले बिभिन्न समुदायको पर्वलाई समान रुपमा हेरेको बताउँदै ल्होछारको लागि गाउँपालिकाले तीन दिन विदा दिने जानकारी दिनुभयो ।


रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिनको सभापतित्वमा भएको ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य फुर्साङ लामा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय अध्यक्ष गुणराज मुक्तान, घेदुङ काभ्रेका अध्यक्ष राजकुमार लामा, रोशी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. १० का वडाध्यक्ष विकेन लामा तथा घेदुङ रोशीका अध्यक्ष कान्छाकाजी तामाङ, नेपाली कांग्रेस रोशीका सभापति दुधराज लामा, नेकपा माओवादी केन्द्र रोशीका अध्यक्ष मानबीर लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा लामा गुरुहरुले प्रवचन र वाङ गरेका थिए ।

रोशीका दुई कलाकारलाई सम्मानः
रोशी गाउँपालिकामा जन्मेर कलाकारितामा राष्ट्रियस्तरमा नाम कमाएका दुई कलाकारलाई सम्मान गरिएको छ । बरिष्ठ गायक तथा लेखक चन्द्रकुमार मोक्तान र बरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामालाई सम्मान गरिएको हो । कलाकारितामार्फत राष्ट्रलाई नै योगदान गरेको भन्दै सम्मान गरिएको हो ।


कार्यक्रममा दुई दर्जन भन्दा बढी राष्ट्रिय स्तरदेखि स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । कलाकारहरु वरिष्ठ गायक तथा संगितकार चन्द्रकुमार दोङ, वरिष्ठ गायिका इन्दिरा गोले, चर्चित नायक अमीर दोङ, चर्चित गायक तथा संगितकार बैरागी मोक्तान, गायक तथा संगितकार प्रयास दोङ, गायक मदन घलान, गायक तथा संगितकार च्वाइस दोङ, गायक तथा संगितकार कोसिस थोकर, गायक तथा संगितकार सुशील लामा, गायक लनम लामा, मोडल रिया लामा, गायक अशोक मोक्तान, गायक शिखर मोक्तान, हास्यकलाकार गोकुल तामाङ, गायक मकर योन्जन, गायक ब्राण्डेड लामा, गायिका पुजा लामा, गायक विजय लामा लगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती गरेका थिए ।
मिक्साङ वाइवाले सञ्चालन गरेको कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए ।

Previous Post

पनौती नगरपालिका–५ आईटी पार्क क्षेत्रबाट ७३ बोरा गाँजा बरामद, ३ जना पक्राउ

Next Post

गहुँबालीमा सिन्दूरे रोग लाग्न सक्ने भएको सचेत रहन किसानलाई आग्रह

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
गहुँबालीमा सिन्दूरे रोग लाग्न सक्ने भएको सचेत रहन किसानलाई आग्रह

गहुँबालीमा सिन्दूरे रोग लाग्न सक्ने भएको सचेत रहन किसानलाई आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

खानेपानीको विद्युत महसुल सकभर निःशुल्क, नसके अहिलेको भन्दा घटाइन्छः मन्त्री चौधरी

खानेपानीको विद्युत महसुल सकभर निःशुल्क, नसके अहिलेको भन्दा घटाइन्छः मन्त्री चौधरी

शुक्रबार, मंसिर २३, २०७९
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले फुटसल आयोजना गर्दै

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले फुटसल आयोजना गर्दै

आइतवार, मंसिर १८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.