काभ्रे,
काभ्रे जिल्लाको बेथाञ्चोक गाउँपालिकाले गाउँपालिका भित्रका महिलाहरुलाई निःशुल्क सिपमुलक तालिम प्रदान गर्ने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९–०८० को स्वीकृत कार्यक्रमअनुसार महिलाहरुको रोजगार तथा स्वरोजगारमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले निःशुल्क सीपमुलक तालिम ब्युटिसियन तालिम (बेसिक कोर्स) प्रदान गर्न लागेको हो ।
गाउँपालिकाले एक सुचना जारि गर्दै ईच्छुक व्यक्तिहरुले मिति २०७९ मंसिर २९ गते भित्र नेपाली नागरिकताको प्रतिलिपि १ प्रति र विवाहितको हकमा विवाह दर्ताको प्रतिलिपि सहित गाउँपालिका कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुहुन वडावासिहरुमा आग्रह गरेको छ ।