काभ्रे,
काभ्रेपलाञ्चोक जिल्लामा मातृ मृत्यु दरमा सुधार हुँदै गएको स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कले देखाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गएको तीन वर्षको अवधीमा सुत्केरी अवस्थामा बच्चा जन्माउने समयमा जिल्लाभित्र २ जनाको निधन भएको छ । तर नवजात शिशुहरुको निधन हुने क्रम भने बढेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार हरेक वर्ष लगभग १० जनाको संख्यामा नवजात शिशुहरुको निधन हुने गरेको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष २०७७÷२०७८ मा जिल्लामा ८ जना नवजात शिशुको निधन हुँदा पछिल्लो वर्ष २०७८÷२०७९ मा १० जना र २०७९÷२०८० मा ११ जनाको निधन भएको छ । पालिकास्तरमा रहेका स्वास्थ्य संस्थाहरुले दिएको प्रभावकारी सेवका कारण गुणस्तरीय र पुहँचयुक्त स्वास्थ्य सेवामा नागरिकहरुले सहजता मान्न थाले पनि भौगोलिक अवस्था, विकटता तथा दक्ष जनशक्ति र आवश्यक औषधी उपलब्ध हुन नसक्दा नागरिकहरुले अकालमै ज्यान गुमाउनु परेको देखिएको छ ।