काभ्रे,
आज रोशी गाउँपालिका वडा न. ९ थाक्लेमा उन्नत मकै विऊ उत्पादन प्रविधि कृषक स्तरीय तालिम सम्पन्न भएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको छ । कृषि विकास शाखाको आयोजनामा महाकाली मिश्रित कृषक समूहका ४० जना सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको कृषि शाखाका प्रमुख समिता तामाङले जानकारी दिनुभयो ।
३ दिने यस तालिममा मकै खेती प्रविधि, मकै विउ उपचार विधि, मेसिनद्धारा मकै रोप्ने तरिका, मकै विउ उत्पादन गर्दा निरीक्षण ,रगिङ गर्ने समय र तरिका, मकै भण्डारण विधि, मकैमा लाग्ने रोग कीरा पहिचान र नियन्त्रण विधि तथा उन्नत मकै विऊ उत्पादन को लागि आवश्यक तौर तरिका बारे कृषकहरुलाई तालिम प्रदान गरिएको कृषि शाखा प्रमुख समिता तामाङले जानकारी दिनुभयो । तालिमसँगै कृषकहरुलाई मकैको मूल बिऊ, मकै रोप्ने मेसिन, मिनि टिलर, स्प्रेयर तथा विषादी पनि वितरण भएको कृषि शाखा प्रमुख तामाङले जानकारी दिनुभयो ।