काभ्रे
हामी सुधार्छौैँ ,हाम्रो विद्यालय भन्ने मुल नाराका साथ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले प्रथम राष्ट्रिय सम्मेलन यही चैत्र २१ र २२ गते काठमाडौमा कमलादीमा सम्पन्न गरको छ। सम्माननिय सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भएको यस सम्मेलनमा विद्यालय व्यवस्थापन ,सञ्चालन सम्बन्धी नितिगत छलफल भएको थियो ।
सम्मेलनले गुणराज मोक्तनको नेतृत्वमा ८१ सदस्य केन्द्रीय समिति निर्बिरोध चयन गरेको छ । निर्वाचित मुक्तान रोशी १२ भिमखोरीको गणेश माःविका अध्यक्ष , ,रेडियो रोशीका स्टेसन मेनेजर ,गैर सरकारी संस्था नाङशाल एशोसिएसन नेपालका अध्यक्ष साथै अन्य विभिन्न संघ सस्थामा आबदृ हुनुहुन्छ ।
७५३ स्थानीय तहका २ जनाका दरले वि ःव्यः सको पदाधिकारी सहित शिक्षासँग सम्बन्धित सबै सरोकारवालाहरुको उपस्थितीमा भव्यताका साथ सम्पन्न भएको हो ।