काभ्रे,
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई यही चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न अनुरोध गरेको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो । सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुने गरेको छ ।
इजाजत पत्रको अवधि समाप्त भएको मितिले ३ महिनाभित्र नवीकरण गराउनुपर्दछ । उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सकिले बताईएको छ ।