काभ्रे,
बेथानचोक गाउँपालिकाको ६ वटै वडामा निःशुल्क इन्टरनेट सेवा शुरु भएको छ । हिजो (बिहिबार) ढुंखर्कमा आयोजित ‘डिजिटल बेथानचोक’ अवधारणा अन्तर्गत पालिकाका ६ वटै वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाई कार्यक्रमको सुभारम्भ गरीएको हो । उद्घाटन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले ‘डिजिटल बेथानचोक’ बनाउने उद्देश्यसहित कार्यक्रम शुरु गरिएको बताउदै हरेक युग सूचना प्रविधिकै युग थियो र सधै रहिरहने बताउनुभएको छ । सूचना प्रविधिबाट कोही पछि नपरुन भन्ने अभिप्रायले सेवा शुभारम्भ गरिएको र ‘डिजिटल बेथानचोक’ बनाउन आफूहरुले घोषणा पत्रमै उल्लेख गरिएको स्मरण गर्दै आगामी दिनमा सेवालाई थप बढाउँदै लैजाने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले नागरिकलाई सूचना प्रविधिसँग जोडन सके हरेक काममा सहजता हुने दैनिकी सहज हुने बताउनुभयो ।सूचनाको शक्ति कहिल्यै कमी नहुने भएकोले सूसूचित हुन पाउने नागरिकको अधिकारलाई उच्च सम्मान गर्दै आफूहरु काम गर्दै जाने उहाको भनाई छ । चुनावी घोषणा अनुरुप नै आफूहरु काम गर्दै जाने उँहाले प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।