रेडियो रोशी,
रोशी गाउँपालिका शिक्षा शाखामा सामुदायिक विद्यालयका बिषयगत शिक्षक (रोष्टर)हरूसहितको बैठक सम्पन्न भएको छ । रोशी गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयमा त्रैमासिक परिक्षा सञ्चालनका लागि बैठक बसेको हो ।
बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र सिग्दलले जानकारी दिनुभयो । बैठकबाट परिक्षाको लागि प्रश्नपत्र निर्माण गर्ने र भदौ २१ देखि २८ गतेसम्म त्रैमासिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको सिग्देलले जानकारी दिनुभयो ।
बैठकमा बिभिन्न विद्यालयका बिषय शिक्षकहरू र शाखाका कर्मचारीहरूसहित २८ जनाको उपस्थिती रहेको थियो ।