Saturday, August 23, 2025
Date
आइत, भदौ ८, २०८२
Sun, August 24, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मण्डनदेउपुर नगरपालिकाद्वारा ८० जना नयाँ उद्यमी सिर्जना

RadioRoshi by RadioRoshi
बुधबार, भदौ १३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, कृषि, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
मण्डनदेउपुर नगरपालिकाद्वारा ८० जना नयाँ उद्यमी सिर्जना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ८० जना नयाँ उद्यमी सिर्जना गरेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा चलिरहेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत आर्थिक वर्ष २०७९÷८० मा यी उद्यमी सिर्जना गरिएको हो । नगरपालिकाका रोजगार संयोजक एवं लघु उद्यम विकास कार्यक्रमका फोकल पर्सन सुरज पौडेलका अनुसार विभिन्न सीप मुलक तालिम प्रदान गरेर ८० जना नयाँ उद्यमी सिर्जना गरिएको छ ।
यो कार्यक्रम अन्तर्गत सिलाई कटाई, गलैँचा बुनाई, ब्युटीसियन र मोटरसाइकल वर्कशपको एक÷एक महिनातालिम प्रदान गरिएको छ । त्यसैगरी बाख्रा पालन र तरकारी खेती सम्बन्धी ५÷५ दिनको तालिमसञ्चालन गरिएको थियो । ४० जनाका लागि एडभान्स सिलाई कटाई तालिमसमेत प्रदान गरिएको फोकल पर्सन पौडेलले बताउनुभयो ।
यो कार्यक्रम नगरपालिकाको वडा नम्बर ४, ५, ८ र १० मा सञ्चालन गरिएको थियो । यसरी नयाँ सिर्जना भएकाउद्यमीलाई नगरप्रमुख टोक बहादुर वाईबा र उपप्रमुख विष्णुमणि नेपालले प्रमाण पत्र र प्रविधि हस्तान्तरण गर्नुभएको छ ।
आज (बुधबार) एकैदिन तालिम सञ्चालन गरिएका सम्बन्धित क्षेत्रमै पुगेर प्रमाण पत्र र प्रविधि हस्तान्तरण गरिएको हो । वडा नम्बर ४ को बयरबोटमाप्रमाण पत्र तथा प्रविधि हस्तान्तरण गर्दै नगरप्रमुख वाईबाले सीप मुलक तालिम नगरबासीकै करबाट संकलित रकमले सञ्चालन गरिएको भन्दै ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।नगरप्रमुख वाईबाले एक महिनाको सिलाई तालिम पुरा गरेका ब्यक्तिका लागि थप २ महिनाको एडभान्स तालिम सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

You might also like

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन


‘तपाईले सिक्नु भएको सीपका लागि नगरबासीकै करबाट संकलन भएको रकम लगानी भएको छ । एक महिना प्रारम्भिक चरणको तालिम लिनुभएको छ । मेसिनमा तपाईको हात बसिसकेको छ । अहिलेसम्म जति सिक्नुभएको छ, त्यसलाई ब्यवहारमा लागु गर्नु होला । एडभान्स तालिमको ब्यवस्था नगरपालिकाले गर्छ । मेसिन खरिदमा नगरपालिकाले साझेदारी गर्नेछ । नगरपालिकाले अभिभावकीय भूमिका खेल्नेछ ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

वडा नम्बर ५ का सिकाई कटाई तालिममा सहभागीलाई प्रमाण पत्र र प्रविधि हस्तान्तरण गर्दै उपप्रमुख विष्णुमणि नेपालले आफ्नै नगरपालिकाभित्र केही उद्यम गर्न चाहानेलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । यस्ता तालिम मार्फत नगरपालिकाले समाजमा पछि परेका वर्ग र समुदायलाई समेत उच्च प्राथमिकताका साथ समेट्दै आएको भन्दै उहाँले सीपले आत्मनिर्भर बनाउने बताउनुभयो ।

‘नगरपालिकाले सबै समुदायको प्रतिनिधित्व हुने गरी यो तालिममा समावेश गरेको छ । सीपले मानिसलाई आत्मनिर्भर बनाउन प्रेरित गर्छ । हातमा सीप भयो भने अप्ठ्यारो परिस्थितिमा पनि आफु र आफ्नो परिवारका लागि निकै सहयोग पुग्छ । केही गर्छौँ भन्नेका लागि नगरपालिका सदैव सहयोग गर्न तत्पर छ । सिकेको सीपलाई त्यत्तिकै खेर जान नदिनु होला ।’ उपप्रमुख नेपालले भन्नुभयो ।

सिलाई कटाई तालिममा सहभागि दुई जनाका लागि एउटाको दरले १८ थान मेसिन प्रदान गरिएको छ । ४ थान गलैचा बुन्ने मेसिन र एक सय लिटर क्षमताको १८ वटा पानी ट्यांकी वितरण गरिएको फोकल पर्सन पौडेलले बताउनुभयो ।
सिलाई कटाई, गलैँचा बुनाई र ब्युटीसियन तालिममा महिला मात्र सहभागि थिए । यो तालिममा नगरपालिकाभित्र बसोबास गर्ने सबै समुदायका महिलाहरुको सहभागिता रहेको थियो ।

Previous Post

काभ्रेको सिडिओमा रुद्रादेवी शर्मा आउँदै, पुण्य विक्रम पौडेल धनकुटा सरुवा

Next Post

कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

RadioRoshi

RadioRoshi

Related Posts

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

by RadioRoshi
शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

by RadioRoshi
शुक्रबार, भदौ ६, २०८२
Next Post
कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चिसो छल्न  कोठामा हिटर र आगो बालेर सुतेका पूर्ववडाध्यक्ष लामाको निसास्सिएर मृत्यु

चिसो छल्न कोठामा हिटर र आगो बालेर सुतेका पूर्ववडाध्यक्ष लामाको निसास्सिएर मृत्यु

मङ्लबार, पुस १०, २०८०
भैरवकुण्डबाट जगवैजेश्वर महादेव हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा

भैरवकुण्डबाट जगवैजेश्वर महादेव हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा

सोमवार, साउन २२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा
Roshi Khabar E-Paper

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

शनिबार, भदौ ७, २०८२
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
Roshi Khabar E-Paper

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

शनिबार, भदौ ७, २०८२
बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन
Roshi Khabar E-Paper

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

शनिबार, भदौ ७, २०८२
नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु
Roshi Khabar E-Paper

नेपाल शिक्षक महासङ्घले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

शुक्रबार, भदौ ६, २०८२
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी
Roshi Khabar E-Paper

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२
बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
Roshi Khabar E-Paper

बर्दघाटमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

शुक्रबार, भदौ ६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.