Monday, April 20, 2026
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मण्डनदेउपुर नगरपालिकाको नयाँ भवनबाट सेवा शुभारम्भ

RadioRoshi by RadioRoshi
बिहिबार, अशोज ४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
मण्डनदेउपुर नगरपालिकाको नयाँ भवनबाट सेवा शुभारम्भ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा कान्छो मण्डनदेउपुर नगरपालिकाले आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । ९ औँ संविधान दिवसको अवसर पारेर हिजोबाट नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो । २०७२ सालमा संविधान जारी पश्चात भएको राज्य पुनःसंरचनामा साविकको तीन देउपुर (बालुपाटी देउपुर, नयाँगाउँ देउपुर र गौरीबिसौना देउपुर) तथा चार मण्डन (चण्डेनी मण्डन, महादेवस्थान मण्डन, जैसीथोक मण्डन र ज्याम्दी मण्डन) मिलेर २०७३ साल फागुन २७ गते घोषित यो नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाका ६ मध्ये सबैभन्दा कान्छो नगरपालिका हो ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

नगरपालिका घोषणा भएदेखि२०७४ सालमा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आएको करिब १ वर्षसम्म नगरपालिका कुन्ताबेसी स्थित साविक महादेवस्थानगाविसको कार्यालयबाट (हाल वडा नम्बर ७) सञ्चालन भएको थियो । उक्त भवनबाट सबै शाखा सञ्चालन गर्न ठाउँ अभाव भएपछि नीजि घर भाडामा लिएर नगरपालिकाले दैनिक प्रशासनिक सेवा प्रदान गर्दै आइरहेको थियो । ठाउँ अभाव हुँदा नगरपालिकाको विभिन्न शाखा समेत भाडाकै घरबाट सञ्चालन हुँदै आएको थियो । तर अब भने नगरपालिकाका सबै शाखा एउटै भवनबाट सञ्चालनमा आउने नगरप्रमुख वाईबाले बताउनुभयो । ‘लामो समय भाडाको घरबाट हामीले दिँदै आएको सेवा अब आफ्नै भवनबाट प्रदान गर्ने छाँै । हामीले संविधान दिवसको अवसर पारेर विधिवत रुपमा यस नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासनिक भवनबाट सेवा शुभारम्भ गरेका छौँ । यो एउटै भवनबाट सम्पूर्ण शाखाहरु सञ्चालन हुनेछ । भौतिक पूर्वाधारका हिसाबले हामी मालपोत र नापी कार्यालय समेत यही भवनबाट सञ्चालन गर्ने क्षमता राख्दछाँै ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

नगरपालिकाको नवनिर्मित भवन अपांगता मैत्री रहेको छ । नगरपालिका परिसरभित्र सहजै रुपमा ह्वीलचियर जान सक्ने ब्यवस्था छ । लिफ्टको समेत ब्यवस्था रहेकाले अपांगता भएका सेवाग्राहीलाई समेत सहज हुने नगरपालिकाले जनाएको छ । नवनिर्मित भवनबाट सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उपप्रमुख विष्णुमणि नेपालले सबैको साथ र सहयोगले भवन सुविधा युक्त बनेको बताउनुभयो । उहाँले विकासका अन्य योजनाहरुलाई समेत थाती राखेर एउटै भवनबाट नगरबासीलाई सेवा प्रदान गर्ने हिसाबले नयाँ भवन निर्माण गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले नयाँ भवनबाट नागरिकका लागि नयाँ उत्साह र योजनाका साथ सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले यसलाई नागरिकका लागि सहज सेवा प्रदान गर्ने थलोको रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो ।

वडा नम्बर ७ को मनमतिडाँडा स्थित करिब ३३ रोपनी जग्गा नगरपालिकाले खरिद गरेर नयाँ भवन निर्माण गरेको हो । बीकेओआई जयमाता जेभीले भवन निर्माणको काम गरेको थियो । २०७७ साल पुस १० गते सम्झौताभएको थियो । २०७९ साल पुस महिनामा भवन निर्माणको काम सक्ने सम्झौता भएपनि कोभिडका कारण भवन निर्माणको काममा केही ढिलाइ भएको हो । जुन भवनमा ६२ वटा कोठा रहेका छन् । २०२ जना क्षमताको कन्फरेन्स निर्माणधिन रहेको नगरपालिकाका सब ईन्जिनियर एवं भवनका प्राविधिक संयोजक सुदर्शन कुमार साहले जानकारी दिनुभयो । यो भवनको शुरुको लागत ईष्टामिट २१ करोड ८० लाख ८६ हजार २९० रुपैयाँ थियो । त्यसमा १४ करोड २२ लाख ९४ हजार ९४२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पछि भिओ गर्दा २३ करोड ८६ लाख ८१ हजार ७९० रुपैयाँ पुग्दा सम्झौता रकम पनि बढेर १५ करोड ४९ लाख ९९ हजार ७२ रुपैयाँ भएको थियो ।

Previous Post

संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्वलन

Next Post

संविधान दिवसको अवसरमा बेथानचोकमा बेथानचोक मा.वि.स्तरीय हाजिरीजवाफ

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
संविधान दिवसको अवसरमा बेथानचोकमा बेथानचोक मा.वि.स्तरीय हाजिरीजवाफ

संविधान दिवसको अवसरमा बेथानचोकमा बेथानचोक मा.वि.स्तरीय हाजिरीजवाफ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

कांग्रेस सभापति देउवाद्धारा महामानव वि.पी.कोइरालाको प्रतिमा अनावरण

कांग्रेस सभापति देउवाद्धारा महामानव वि.पी.कोइरालाको प्रतिमा अनावरण

शनिबार, अशोज ५, २०८१
रोशी–९ चिउरीबासकी आरती लामाको शव तेमाल–८ स्थित खोलाको किनारमा फेला

रोशी–९ चिउरीबासकी आरती लामाको शव तेमाल–८ स्थित खोलाको किनारमा फेला

आइतवार, साउन १३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.