Saturday, May 9, 2026
Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

संविधान दिवसको अवसरमा बेथानचोकमा बेथानचोक मा.वि.स्तरीय हाजिरीजवाफ

RadioRoshi by RadioRoshi
बिहिबार, अशोज ४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
संविधान दिवसको अवसरमा बेथानचोकमा बेथानचोक मा.वि.स्तरीय हाजिरीजवाफ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

९ औं संविधान दिवसको अवसरमा हिजो बेथानचोक गाँउपालिका वडा नं. २ र हातेमालो युवा समाजको संयुक्त आयोजनामा भएको माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी पार्वती मावि ढुंखर्कले हात परेको छ ।
पूर्ण रुपमा डिजिटल प्रविधिको प्रयोग सहित संचालित हाजिरी जवाफ प्रतियोगितामा पार्वती माध्यामिक विद्यालयले प्रथम स्थान हाँसिल गरेको हो । बेथानचोक गाँउपालिकामा रहेका १० वटै माध्यामिक विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको दोस्रो पुरस्कार भैरव मा.वि., झिंगेले पाएको छ भने कालिका मा.वि. पाटीखर्कले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।

You might also like

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

प्रतियोगिताका गाउँपालिका भित्रका १० वटै मा.वि.हरु चक्रेश्वर मा.वि, भैरव मा.वि., पार्वती मा.वि. कृष्णगोपाल मा.वि. सरस्वती मा.वि. पार्थली, सरस्वती मा.व. भुग्देउ, कालिका मा.वि. भूमेमाता मा.वि. आत्माविकास मावि. र भिमसिनेश्वर मा.वि. सहभागिता रहेको थियो ।
बेथानचोक गाँउपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बेथानचोकको साविक ढुंखर्क गाविसमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गर्नु हुने डा. बलराम तिमल्सिना, चिनको हुवाई मिन्जु युनिभर्सिटीबाट एम.बि.बि.एस. गर्ने सजना वाईबा र त्रिभुवन विश्वविद्यालयबाट एम.बि.बि.एस. गर्ने शैलेष दाहाललाई बेथानचोक शैक्षिक उच्चता सम्मान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने गरेका प्रतिस्पर्धात्मक विभिन्न प्रतियोगिताले विद्यार्थीहरुमा क्षमता र सीपमा बढोत्तर हुने भएकाले यस प्रकारका गतिविधिमा गाउँपालिकाले लगानी गर्दै लैजाने बताउनु भयो । किताबको सिमित दायरा मात्र ज्ञान नभई किताब बाहिर अझ धेरै विषयवस्तु हुने भन्दै उहाँले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त लगानी र त्यसको चुस्त व्यवस्थापन पहिलो सर्त भएको उल्लेख गर्नु भयो । गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिसकेको र पाठ्यावस्तु वाहिर पनि विद्यार्थीहरुको चौतर्फी विकासका लागि घुम्ती शिक्षकबाट शिक्षा दिइएको बताउनु भयो । संविधानले गरेको ब्यवस्था निःशुल्क शिक्षा र शिक्षाका अधिकारका सन्दर्भमा आवश्यक श्रोत जुटाउन गाउँपालिका हर प्रकारबाट लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा साविक ढुंखर्क गा.वि.स.मा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गर्नु हुने डा. बलराम तिमल्सिनाले आफ्नो क्षेत्रका लागि आर्जिक ज्ञान, सीपले सजाउने प्रतिवद्धता व्यक्त गर्दै आयोजक संस्था हातेमालो युवा समाजले सबै माझ साक्षात्कार हुने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमक सभापति एवं वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले वडा भित्र रहेका विभिन्न संघसंस्थासँग हातेमालो गर्दैकार्य गर्दै जाने बताउनु भयो । उहाँले वडाका शिक्षा, स्वास्थ्य, वाताववरण सरसफाई लगायतका सामाजिक तथा समुदायिक उत्तरदायित्व बहन गर्न वडाले संघसंस्थासँग मिलेर कार्य गर्दै आइरहेको र भावी दिनहरुमा पनि यसलाई उत्साहका साथ निरन्तरता दिँदै जाने बताउनु भयो । वडामा फोहर व्यवस्थापन तथा सरसफाइका लागि इन्सिनेटर स्थापना गरिएको, वातावरण सरसफाइसम्बन्धी सचेतनाका गतिविधि संचालन गरिएको स्मरण गर्दै उहाँले गाउँपालिका भित्रका सबै मा.वि. लाई सहभागी गराएर प्रतियोगिता सञ्चालन गरी विद्यालयहरुबीच प्रतिस्पर्धा गराइ विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सन्तोष तिमल्सिनाले आफ्नो समाज र समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासमा संगठित भई कार्य गर्न आवश्यक रहेको बताउनुभयो । युवाहरु मिलेर जन्मभूमिको विकास र समृद्धिका लागि केही गरौं भन्ने नवीन सोच, नयाँ जोस र ऊर्जाका साथ समाजको चौतर्फी विकास, सामाजिक न्याय र परिवर्तनका लागि सबैसँग मिलेर कार्य गर्दै जाने बताउनु भयो ।

Previous Post

मण्डनदेउपुर नगरपालिकाको नयाँ भवनबाट सेवा शुभारम्भ

Next Post

‘पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कानुन अनुसार कारबाही हुन्छ’–नगरप्रमुख लामा

RadioRoshi

RadioRoshi

Related Posts

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
‘पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कानुन अनुसार कारबाही हुन्छ’–नगरप्रमुख लामा

‘पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कानुन अनुसार कारबाही हुन्छ’–नगरप्रमुख लामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

४८७ मत सहित काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप बैद्य विजयी

४८७ मत सहित काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप बैद्य विजयी

आइतवार, जेष्ठ २०, २०८१
सिन्धुलीमा दुई लाख मेक्ट्रिक टन क्षमताको रसायनिक मल कारखाना स्थापना हुने

सिन्धुलीमा दुई लाख मेक्ट्रिक टन क्षमताको रसायनिक मल कारखाना स्थापना हुने

बुधबार, साउन ३०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.