रोशी सहकर्मी–असार १४,
२०७७,काभ्रे/

रोकौँ महामारी, उठाऔँ पुर्वाधार, बढाऔँ उत्पादन, बनौँ स्वरोजगार भन्ने मुल नाराका साथ तेमाल गाउँपालिकाको सातौँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभा गाउँपालिका अध्यक्ष सलामसिं तामाङले आगमी बर्षका लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष दुर्गामाया तामाङले बजेट प्रस्तुत गरेकी थिइन ।

तेमाल गाउँपालिकाले आगमी बर्षमा पुर्वाधारहरुको विकास, टोल टोलमा सडक सञ्जालको विस्तार, कृषिको आधुनिक व्यावसायिकरण, शैक्षिक उन्नयन तथा समावेशी विकासबाट समाजिक पुर्वाधारहरको सुदृढीकरण गरी सामाजिक क्षमतालाई संस्थागत गर्ने, आधारभुत शिक्षा, स्रोत तथा अवसरमा सबैको पहुँच स्थापित गर्दै सामाजिक न्यायको अनुभुति गराउने, तेमालको धन गतिशिल पर्यटन, भन्ने मुल नारालाई साकार रुप दिनका लागि तेमाललाई पर्यटन आर्कषणको केन्द« बनाउने, तेमालमा पाईने बोधि चित्त मालाको उत्पादनमा बृद्धि गर्ने, सबैलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने लक्ष्य लिएको छ ।

गाउँसभामा उपाध्यक्ष दुर्गामाया तामाङले आर्थिक वर्ष २०७७/०७८ का लागि ४८ करोड ८८ लाख ५३ हजार ७ सय ७२ रुयियाँको बजेट प्रस्ताव गरेकी छन । संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान ९ करोड २३ लाख, शशर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य, उर्जा, खेलकुद लगायतको शिर्षकमा १८ करोड ६५ लाख, सामाजिक सुरक्षा भत्ता बापत ७ करोड ७४ लाख, वागमती प्रदेशबाट वित्तिय समानिकरण अनुदान ९९ लाख २१ हजार, शशर्त अनुदान रु. १ करोड ४५ लाख ९८ हजार, तेमाल गाउँपालिकामा रहेका श्रोतको पहिचान गरी आगामी आर्थिक वर्षमा १ करोड ३२ लाख रुपियाँ, चालु आर्थिक वर्षमा विनियोजन भएको तर काम सञ्चालन नभएको करिब ५ करोड १० लाख रुपियाँ प्रस्तुत गरिएको थियो ।

Facebook Comments