रोशी सहकर्मी–भदौ ८,
२०७७,काभ्रे/

भुम्लु गाउँपालिकाले स्वास्थ्य प्रयोगशाला (ल्याव) सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गुमानध्व कुंवरले ल्यावको उद्घाटन गरेसँगै ल्याव सञ्चालनमा आएको हो । ल्याव स्थापना भएसँगै सामान्य औषधि उपचार गराउन समेत बनेपा, धुलिखेल लगायत अन्यत्र धाउनुपर्ने बाँध्यताको अन्त्य भएको स्थानीयले बताएका छन । भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुंवरले ल्याव स्थापना भएसँगै सामान्य उपचारका लागि पनि शहर जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

रगत, दिशा, पिसाब लगायतका चेकजाँच गाउँमै हुने भएसँगै स्थानीयहरु समेत खुसी भएका छन् । स्वास्थ्य शाखाका प्रमुख सुदर्शन भट्टराईले भुम्लु गाउँपालिकामा सबै बडामा स्वास्थ्य कार्यालय र भुगोल ठूलो भएको र जनसंख्याको आधारमा थप चारओटा स्वास्थ्य इकाइ समेत सञ्चालनमा रहेको जानकारी दिनुभयो । प्रत्येक बडामा सुविधा सम्पन्न स्वास्थ्यचौकीका भवनहरुबाट स्वास्थ्य सेवा प्रवाह भै रहेको उहाँको भनाई छ

Facebook Comments