काभ्रे,
शिक्षकहरूले पठनपाठन ठप्प गराएर तीन दिन गरेको आन्दोलनको क्षतिपूर्ति शनिवार पठाएर चुक्ता गर्ने बताएका छन् । सरकार र नेपाल शिक्षक महासङ्घबीच हिजो साँझ सहमति भएको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम रोकेर भोलिदेखि विद्यालय खोल्न शिक्षकहरू तयार भएका छन् । आन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित पारेको भन्दै शिक्षकहरूको आलोचना भइरहेको समयमा शिक्षकहरूले विदाको दिनमा समेत विद्यालय चलाएर पनि आन्दोलनले परेको क्षतिपूर्ति गर्ने बताएका छन् ।
आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीले प्रभावित भएको कोर्स पुरा गर्न शनिवार पनि पढाउने तयारी गर्न शिक्षकहरूलाई भनिएको बताउनुभयो । सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा बुधवारदेखि शिक्षकहरू आन्दोलित थिए ।